मनहरी–असार १५ गते । मनहरी गाउँपालिका ९ स्थित ज्यामिरे कालिका सामुदायिक वन समूहको नेतृत्व चयनका लागि निर्वाचन भएको छ ।
शनिबार साँझ ५ बजे सम्पन्न भएको निर्वाचनमा कूल १ हजार ५ सय ८३ मतदातामध्ये १ हजार १ सय ६९ जनाले मतदान गरेको निर्वाचन समितिका सदस्य मिलन अर्यालले जानकारी दिनुभयो ।
निर्वाचनमार्फत नेतृत्व चयन गर्नका लागि नरबहादुर पुलामीको अध्यक्षतामा निर्वाचन समिति गठन भएको थियो ।
निर्वाचनमा निवर्तमान वडाध्यक्ष साधुराम अधिकारीको नेतृत्वको प्यानल र वन समूहकै पूर्व वडाध्यक्ष भइसक्नु भएका लोकनाथ ढुंगानाको प्यानलबीच सबै पदहरुमा प्रतिस्पर्धा भएको छ ।
त्यसैगरी अध्यक्षमा प्यानल बिहिन धर्मबहादुर थापा चुनावी मैदानमा होमिनु भएको छ भने सचिवमा प्रकाश भट्ट र लेखा सुपरिबेक्षण समितिमा जगन्नाथ अधिकारी प्यानल बिहिन भएर एक्लै चुनावमा होमिनु भएको छ ।
निवर्तमान वडाध्यक्ष अधिकारीलाई एमालेले समर्थन गरेको छ भने ढुंगानालाई काँग्रेस, माओवादी, स्वतन्त्र, एकीकृत समाजवादी, राप्रपा लगायतले समर्थन गरेको बताइ्रन्छ ।
यद्यपि, ढुंगाना नेकपा एमालेकै पुराना नेताका रुपमा ज्यामिरेमा परिचित छन् । साँझ ८ बजेदेखि मत गणना सुरु हुने निर्वाचन समितिका संयोजक नरबहादुर पुलामीले जानकारी दिनुभयो ।