Sunday, February 9, 2025

ज्यामिरेकालिकामा साधुरामले जिते चुनाव

ताजा / भरखरै प्राप्त

मनहरी-असार १६ गते । मनहरी गाउँपालिका ९ स्थित ज्यामिरे कालिका सामुदायिक वनको अध्यक्षमा साधुराम अधिकारी निर्बाचित हुनु भएको छ । शनिबार भएको निर्वाचनमा निकटतम प्रतिद्वन्दी लोकनाथ ढुंगानालाई १२८ मतान्तरले पराजित गर्दै अधिकारी बिजयी हुनुभएको हो ।

 २०७४ सालमा स्वतन्त्र उम्मेदवार बनेर वडाध्यक्षमा निर्वाचित हुनु भएका उहाँ दोश्रोपटक वन समूहको अध्यक्ष निर्वाचित हुनु भएको हो ।

अधिकारीले ६ सय १४ मत प्राप्त गर्नु भएको थियो भने ढुंगानाले ङ्गानाले ४ सय ८६ मत प्राप्त गर्नुभएको हो । अर्का उम्मेदवार धर्म बहादुर थापा ( थापाकाजी ) ले ३२ मत पाएका छन । उपाध्यक्ष जयन्ती गलान, कोषाध्यक्ष श्रीजना धिताल, सचिव वीर बहादुर मुक्तान र सह- सचिव चिरन्जिवी आचार्य बिजयी हुनु भएको छ । 

सदस्यहरुमा अन्जु चेपाङ, शर्मिला थापा, सरु प्रजा, मैयाँ प्रजा, रिता माया स्याङ्बो, तेज बहादुर गिरी, शालिकराम कार्की, सन्तोष गिरी र प्रेम बहादुर रखाल  निर्वाचित हुनु भएको छ ।

लोकप्रिय

Related Articles