Monday, March 17, 2025

मनहरीमा तीन दिने आधारभूत प्राथमिक उपचार तालिम समापन

ताजा / भरखरै प्राप्त

मनहरी–असार १४ गते । नेपाल रेडक्रस सोसाइटी मनहरी उपशाखाले मनहरी गाउँपालिकाको सहयोगमा आयोजना गरेको तीन दिने प्राथमिक उपचार तालिम समापन गरिएको छ ।

तालिमको समापन गर्दै मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले तालिममा सहभागी भएका विद्यार्थीहरुले प्राथमिक उपचारको विधि सिकेपछि मानवीय सेवा गर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

बिपद्का बेला प्राथमिक उपचारको ठूलो महत्व हुने भन्दै युवाहरुलाई सिकेका सिप प्रयोग गरी मानवीय सहायता गर्न उहँँले आग्रह गर्नुभयो ।

उपशाखा सभापति मोहन कार्कीको सभाध्यक्षतामा भएको समापन कार्यक्रममा प्रशिक्षार्थीका तर्फबाट नबिन खड्का र अन्जिना गिरीले तालिममा सिकेका कुराहरुबारे मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

त्यसैगरी प्रशिक्षकद्वय नेपाल रेडक्रस सोसाइटी मकवानपुर शाखाका प्रमुख लक्ष्मण भट्टराई र जिल्ला कार्यसमिति सदस्य पिताम्बर बास्तोला, मनहरी गाउँपालिका ७ नं वडाका कार्यबाहक वडाध्यक्ष नवराज सुवेदीले मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

गाउँपालिकाको सहयोगमा सञ्चालित तालिमका क्रममा सबै विद्यालयहरुका लागि एउटा/एउटा प्राथमिक उपचार बाकस समेत बितरण गरिएको छ ।

समापन कार्यक्रममा सहभागीहरुलाई प्रमाण पत्र बितरण गरिएको थियो भने उपशाखा उपसभापति अन्जु कार्की खुसी, कोषाध्यक्ष शिवकुमार रिजाल (काशी लगायतको सहभागिता थियो । तालिम पिताम्बर बास्तोला, लक्ष्मण भटटराइ, रामजी खतिवडा र सुजन विकले सहजिकरण गर्नु भएको हो ।

लोकप्रिय

Related Articles