Tuesday, November 12, 2024

राक्सिराङको बजेट करिबन् ५४ करोड, हलगोरु पाल्न प्रोत्साहन

ताजा / भरखरै प्राप्त

राक्सिराङ–असार ११ गते । राक्सिराङ गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८१/८२ का लागि बजेट सार्बजनिक गरी पारित गरेको छ ।

गाउँसभाको १६ औँ अधिबेसनले ५४ करोड ६१ लाख ६३ हजार रुपियाँ बजेट बिनियोजन गरी पारित गरेको हो ।
जस अनुसार संघिय सरकारबाट ४० करोड ६४ लाख ३४ हजार, बागमती प्रदेश सरकारबाट ७ करोड ७० लाख ३८ हजार ३५० रुपियाँ अनुदान, आन्तरिक स्रोतबाट ६ करोड २७ लाख ६५० रुपियाँ आम्दानी हुने देखाइएको छ । आगामी बर्षको बजेट चालु तर्फ रु ३३ करोड ४१ लाख ६७ हजार ३७७ र पुँजीगततर्फ २१ करोड २० लाख ५ हजार ६२३ रुपियाँ रहेको छ ।

नीति तथा कार्यक्रममार्फत राक्सिराङ गाउँपालिकाले हल गोरुपालन कार्यलाई प्रवद्र्धन गर्ने भएको छ । पालिकाको १६ औँ गाउँसभाका अधिबेसनमा अध्यक्ष राजकुमार मल्लले प्रस्तुत गर्नु भएको नीति कार्यक्रम तथा बजेटका क्रममा यस्तो घोषणा भएको हो ।

अध्यक्ष मल्लले गाउँमा हलगोरु हराउँदै गएको र मेसिनरी सामानको प्रयोग हुँदै गएकोमा चिन्ता ब्यक्त गर्दै गाउँपालिकाले हलगोरु पालन गर्ने किसानका लागि अनुदानको व्यवस्था समेत गर्ने बताउनु भएको हो ।

उहाँले गरिव, दलित, बिपन्न बर्गका किसानहरुलाई हलगोरु पालनमा अनुदानको व्यवस्था गर्न लागेको बताउनुभयो ।
त्यसैगरी अध्यक्ष मल्लले गाँजा खेतीको प्रचुर सम्भावना भएको राक्सिराङ गाउँपालिकालाई बृहद् रुपमा गाँजा खेतीको वातावरण बनाउन संघीय सरकारलाई दबाब दिनेगरी राष्ट्रिय बहसको बिषय बनाउने बताउनुभयो ।

उहाँले संघीय कानूनको बिपरित भइरहेको गाँजा खेतीलाई बैधानिकता दिनेबारे स्थानीय सरकारको तर्फबाट अगुवाई हुने बताउनुभयो ।

लोकप्रिय

Related Articles