Thursday, November 14, 2024

मनहरीको बजेट ९० करोड ४० लाख

ताजा / भरखरै प्राप्त

मनहरी–असार ११ गते । पाँच दिन अघि नीति तथा कार्यक्रम सार्बजनिक गरेको मनहरी गाउँपालिकाले बजेट अधिबेसनको दोस्रो बैठकमार्फत बजेट सार्बजनिक गरेको छ ।

गाउँसभाको १५ औँ अधिबेसनमा उपाध्यक्ष सीता पुलामी मगरले ९० करोड ४० लाख रुपियाँको बजेट सार्बजनिक गर्नु भएको हो ।

उपाध्यक्ष पुलामीले सार्बजनिक गर्नु भएको बजेट अनुसार सुशासन र संस्थागत विकास तर्फ १३ करोड ५९ लाख ७२ हजार ९९ रुपियाँ, आर्थिक विकासतर्फ ४ करोड ३ लाख १० हजार रुपियाँ, सामाजिक विकासतर्फ २८ करोड, ९० लाख ८७ हजार रुपियाँ, पूर्वाधार विकासतर्फ ३३ करोड ३६ लाख ४३ हजार ९ सय १ रुपियाँ र वन, वातावरण तथा विपद व्यवस्थापनतर्फ ७० लाख रुपियाँ र वडागत बजेटतर्फ ९ करोड ४० लाख रुपियाँ बिनियोजन भएको छ ।

आगामी आर्थिक गाउँपालिकाको प्रशासनिक र व्यवस्थापकीय कार्य सञ्चालनका लागि १२ करोड ३० लाख ५० हजार रुपियाँ, दलित समुदायको उत्थानका लागि ८ लाख ५० हजार, बालबालिकाको क्षेत्रमा २६ लाख ९४ हजार, महिलाको क्षेत्रमा २१ लाख ५० हजार, पशुपंक्षी विकासमा १ करोड ५५ लाख, कृषिमा ५ करोड ४० लाख, शिक्षामा २१ करोड ७२ लाख ४७ हजार, स्वास्थ्यमा ६ करोड २५ लाख रुपियाँ बिनियोजन भएको छ ।

त्यसैगरी गाउँपालिकाको नयाँ भवन निर्माणका लागि ४ करोड ६० लाख बिनियोजन भएको छ ।

लोकप्रिय

Related Articles