मनहरी–असार १२ गते । ८०७४ औ बिश्वब्यापी बाताबरण सरसफाइ अभियान अन्तर्गत मनहरीमा बृहद सरसफाई अभियान सञ्चालन गरिएको छ ।
वल्र्ड मिसन सोसाइटी चर्च अफ गड (परमेश्वरको मण्डली) को आयोजना तथा सियोन मनहरीको संयोजनमा मनहरी गाउँपालिका ८ सिमपानी बेलुवादेखि मनहरी बजारको राष्ट्रिय रोटरी माध्यमिक विद्यालयसम्मको दुरीमा सफाइ अभियान चलाइएको हो ।
अभियानलाई शुभकामना दिँदै मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले सफाइ अभियानले सामुदायिक रुपमा सकारात्मक सन्देश जाने बताउनु भएको थियो । उद्घाटन कार्यक्रममा संस्थाले गरेका कार्यहरु र उपलब्धीहरु समेटिएको भिडियो समेत प्रदर्शन गरिएको थियो ।
सरसफाइ उद्घाटन कार्यक्रममा मनहरी गाउँपालिकाका निवर्तमान अध्यक्ष एकराज उप्रेती, ८ नं वडाध्यक्ष नारायण उप्रेती, ७ नं वडाध्यक्ष ठाकुरराम तितुङसहित समाजसेवी, व्यवसायी, सुरक्षाकर्मी तथा सञ्चारकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
सफाई अभियानमा खटिएको झण्डै २ सय जना स्वयम्सेवकल सडक किनारमा फालिएका प्लाष्टिक तथा अन्य फोहरजन्य बस्तुको संकलन गरी मनहरी गाउँपालिकाले उपलब्ध गराएको फोहर बोक्ने ट्रयाक्टरमार्फत फोहर व्यवस्थापन गरिएको थियो ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय मनहरीका प्रहरीहरु, शसस्त्र प्रहरी बल आइआरटी पोष्टका प्रहरीहरु तथा मनहरी गाउँपालिकाका नगर प्रहरीको समेत उल्लेख्य उपस्थिति रहेको थियो ।
वल्र्ड मिसन सोसाइटी चर्च अफ गड विश्वका १७५ वटा देशमा स्थापना भई ३७ लाख सदस्य रहेको स्वयम्सेवी संगठनको रुपमा काम गरिरहेको छ । आपतकालीन कार्य र मानवीय सेवामा लागि परेको यो संस्था मुख्य रूपमा पिता परमेश्वर र माता परमेश्वरलाइ बिश्वास गर्दै ख्रीष्टको प्रेमलाई आत्मसात गर्नेगरेको छ ।
संस्थाले जलबायू परिवर्तन न्यूनिकरणको लागि सरसफाइ तथा प्लास्टिक फुट पिन्ट मेटाउने, बृक्षरोपण गर्ने जस्ता अभियानलाई अघि सार्दै आइरहेको कार्यक्रम संयोजक पर्शुराम तिमल्सिनाले जानकारी दिनुभयो ।