Wednesday, December 11, 2024

मनहरीमा गृहिणीहरुलाई कम्पोष्ट मल बनाउने तालिम

ताजा / भरखरै प्राप्त

मनहरी–असार १ गते । मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समिति अन्तर्गतको महिला उद्यमी विकास समितिले गृहिणीहरुका लागि कम्पोष्ट मल बनाउने तालिमको सुरुवात गरेको छ ।

मनहरी गाउँपालिका ७ नं वडा कार्यालयले बिनियोजन गरेको बजेट कार्यान्वयन गरी घर र भान्साबाट निस्कने फोहरलाई कुहाएर कम्पोष्ट मल बनाउने र सोही मल प्रयोग गरी करेसाबारी तथा गमलाहरुमा उपयोग गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको हो ।

तालिमको गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगरले पानसमा बत्ती बालेर उद्घाटन गर्नुभयो ।

महिला उद्यमी विकास समितिकी सभापति रेनु पुडासैनीको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समितिका सभापति गणेशमान मानन्धर, ७ नं वडाका कार्यबाहक वडाध्यक्ष नवराज सुवेदी लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा निवर्तमान सभापति नारायण सुवेदी, महासचिव पदमबहादुर तितुङ, वडा सदस्य बिमला सुनार, साना किसान कृषि सहकारी संस्था मनहरीकी अध्यक्ष बिमला कार्की, दिब्यज्योति बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष सुजिता थापा कार्की, मनहरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बिष्णुप्रसाद भट्ट, मनहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष भुवनकुमार जोशी, युनिभर्सल लर्निङ एकेडेमी मनहरीका अध्यक्ष शिवकुमार काशी लगायतको सहभागिता रहेको थियो ।

पाँच दिनसम्म चल्ने तालिममा मनहरी बजार र आसपासका समेत गरी ३५ जना गृहिणीहरु सहभागी भएका छन् ।

लोकप्रिय

Related Articles