Monday, April 6, 2026

भोलिदेखि मनहरीमा निः शुल्क स्वास्थ्य शिविर, ७० जना विशेषज्ञ डाक्टर एकसाथ आउँदै

ताजा / भरखरै प्राप्त

मनहरी–जेठ २४ गते । मनहरी गाउँपालिका ७ स्थित राष्ट्रिय रोटरी माध्यमिक विद्यालयमा शुक्रबार र शनिबार बृहत् निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ ।

७० जनाभन्दा बढी विशेषज्ञ डाक्टरको सेवा, प्रयोगशाला तथा परामर्श सेवासहितको शिविर निजामती कर्मचारी श्रीमती संघ केन्द्रीय समितिले आयोजना गरेको छ ।

शिविर दुई दिने बृहत् निःशुल्क स्वास्थ्य शिविरमा छाला तथा यौन रोग, हाडजोर्नी, दन्त सेवा, बाथरोग, प्रसुति तथा स्त्रीरोग, आँखा सेवा, नाक कान घाँटी रोगसम्बन्धी सेवा, मूटू रोग सम्बन्धी सेवा प्रबाह हुने कायृक्रमको संयोजन गरिरहेको ज्ञानोदय बालबाटिका आवासीय मावि हेटौँडाका प्रिन्सिपल श्यामकुमार बानियाँले बताउनुभयो ।

बिशेषज्ञ डाक्टरसहित ल्याव (प्रयोगशाला) मा सगर जाँच, रगत जाँच, भिडियो एक्सरे, इसिजी, इकोकार्डियोग्राम लगायतका सुविधा पनि निःशुल्क रुपमा प्राप्त गर्न सकिनेछ । साथै स्वास्थ्य सम्बन्धी परामर्श र सचेतनामुलक कार्यक्रमहरु समेत आयोजना गरिएको बानियाँले जानकारी दिनुभयो ।

टाढा टाढाबाट आउने बिरामीहरुका लागि आयोजकले निः शुल्क बस सेवाको समेत व्यवस्था गरेको छ । शुक्रबार एउटा र शनिबारबा लागि ३ वटा बसको व्यवस्था गरिएको बानियाँले जानकारी दिनुभयो ।

बिरामीको नाम दर्ता बिहान ८ बजेबाट हुनेछ भने ९ बजेदेखि ४ बजेसम्म बिरामी जाँच हुनेछ ।

लोकप्रिय

Related Articles