Monday, April 6, 2026

हात्तीको आक्रमणबाट प्रतापपुरका कालेबहादुर राईको मृत्यु

ताजा / भरखरै प्राप्त

मनहरी–जेठ ४ गते । मनहरी गाउँपालिका वडा नं ६ प्रतापपुर निबासी ५५ बर्षीय कालेबहादुर राईको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ ।

गोठाला गएका बेला उनलाई हात्तीले आक्रमण गरी घटनास्थलमै मारेको हो । उनलाई हात्तीले आक्रमण गरेको घटनास्थल भने चितवन राष्ट्रिय निकुन्ज क्षेत्रमा पर्दछ ।

पर्सा राष्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्रमा बसोबास रहेका राई बिहिबार साँझ गोठाला गएका थिए । उनको शव शुक्रबार बिहान क्षत बिक्षत अबस्थामा फेला पारिएको इलाका प्रहरी कार्यालय मनहरीका प्रमुख एबम् प्रहरी निरीक्षक दीपक थापाले बताउनुभयो ।

राईको शवलाई पोष्टमार्टमका लागि हेटौँडा अस्पताल पठाइएको इलाका प्रहरी कार्यालले मनहरीले जानकारी दिएको छ ।

हात्तीको आक्रमणबाट चराउन लगिएका अन्य २ वटा राँगो पनि घाइते भएको पाइएको पर्सा राष्ट्रिय निकुन्ज मध्यवर्ती व्यवस्थापन समितिका अध्यक्ष सीताराम अर्यालले जानकारी दिनुभयो ।

प्रतापपुर क्षेत्रका बासिन्दा कृषि र पशुपालनमा आश्रित छन् । उनीहरुको पुख्र्याैली चरण क्षेत्र नै चुरे क्षेत्र हो । आलोपालो गोठालो जाने प्रचलन यस गाउँमा अझै पनि रहिआएको छ ।

लोकप्रिय

Related Articles