Sunday, February 9, 2025

यस्तो रह्यो राक्सिराङ १ नं वडाले व्यवस्थापन गरेको हाट बजार सांस्कृतिक कार्यक्रम (फोटो फिचर)

ताजा / भरखरै प्राप्त

राक्सिराङ–जेठ १ गते । राक्सिराङ गाउँपालिकाले हरेक महिनाको १ गते र १५ गते सञ्चालन गर्दै आइरहेको हाट बजारको औपचारिक सांस्कृतिक कार्यक्रम वडा नं १ ले व्यवस्थापन गरेको छ ।

वडा नं १ को तर्फबाट राष्ट्रिय स्तरका खेलाडीहरुले आफ्नो कला प्रस्तुत गर्नु भएको थियो । त्यसैगरी कलाकारहरु, विभिन्न विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरु, शिक्षिका लगायतले समेत विभिन्न मौलिक गीतहरुमा नृत्य गर्नु भएको थियो । तामाङ समुदायले प्रयोग गर्ने ढ्यांग्रोसहितको झाँकी पनि कार्यक्रममा प्रस्तुत भएको थियो ।

१ नं वडाध्यक्ष बाबीराम मुक्तानको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा गाउँपालिका अध्यक्ष राजकुमार मल्ल हुनुहुन्थ्यो । उहाँले औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै हाटबजारको माध्यमबाट गाउँपालिकाको मौलिक कला संस्कृतिलाई उजागर गरिएको बताउनुभयो ।

कार्यक्रममा नेकपा एमाले राक्सिराङका अध्यक्ष सिंगराम रुम्बा (रोहन) लगायतले पनि मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

आयोजकको तर्फबाट वडाध्यक्ष मुक्तानले प्रमुख अतिथि मल्ल, उपाध्यक्ष बनस्तम थिङ र प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गड्तौलालाई मायाको चिनो स्वरुप दारको ठेकी प्रदान गर्नु भएको थियो ।

तस्वीरहरुः

लोकप्रिय

Related Articles