Saturday, September 14, 2024

अर्काे बर्षदेखि खैराङसम्म बोलेरो होइन बस चलाइन्छः अध्यक्ष मल्ल

ताजा / भरखरै प्राप्त

राक्सिराङ–बैशाख २३ गते । हाल साना बोलेरो भ्यानको असुरक्षित यात्राबाट चौतर्फी आलोचना खेप्दै आइरहेको राक्सिराङ गाउँपालिका ९ खैराङ क्षेत्रलाई लक्षित गरी अर्काे बर्षबाट यात्रुबाहक बस चलाउने गरी रुट अनुमति लिइने गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताउनु भएको छ ।

उहाँले जिल्ला प्रशासन कार्यालय, ट्राफिक प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय लगायत नियामक निकायहरुले अहिले पनि बोलेरो भ्यानहरुले अतोभरलोड बोकिरहेको र क्षमताभन्दा बढी यात्रु बोकिरहेको भन्दै गुनासो गरिरहेको सुनाउनुभयो ।

‘यो क्षेत्रमा अहिले बोलेरोबाहेक यात्रु बोक्ने अरु सबारी साधन चलेको छैन’, अध्यक्ष मल्लले भन्नुभयो–‘अर्काे बर्ष यस क्षेत्रमा रुट परमिट लिएरै बस चलाएर सहज ढंगले यात्रु ओसारपसार गर्ने व्यवस्था मिलाइनेछ ।’

राक्सिराङ गाउँपालिका वडा नं ९ मा आयोजित सार्बजनिक सुनुवाइ कार्यक्रममा अध्यक्ष मल्लले आफू गाविसको अध्यक्ष हुँदादेखिकै खैराङमा अस्पताल बनाउने सपना पूरा हुँदै गएको जानकारी दिनुभयो ।

सडक व्यवस्थापन गरी १२ महिना चल्ने बाटो निर्माणका लागि संघीय र प्रदेश सरकारलाई समेत साथमा लिएर खैराङबासीको हितका लागि योजनाहरु निर्माण भइरहेको उहाँको भनाई थियो ।

कार्यक्रममा गाउँपालिकाका अधिकृत गोविन्द अधिकारीले पालिकाको स्वास्थ्य, शिक्षा, सामाजिक विकास, सुशासन लगायतका बिषयमा उठेका प्रश्नहरुको जबाफ दिनु भएको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति राजन मल्लसहितले कार्यक्रममा मन्तब्य ब्यक्त गर्नु भएको थियो भने पानी, बिजुली, सडक, शिक्षक दरबन्दी, उपभोक्ता समितिको सामान खरिद दररेट लगायतका सन्दर्भमा स्थानीयबासिन्दाहरुले प्रश्न, गुनासा र सुभावहरु दिएका थिए ।

कार्यक्रम ९ नं वडाध्यक्ष रामकुमार बाल्पा थिङका अध्यक्षतामा भएको हो भने सेवाका सन्तुष्टिका सन्दर्भमा गरिएको सर्बेक्षणको नतिजा पत्रकार ज्ञानेन्द्र तामाङले प्रस्तुत गर्नु भएको थियो ।

लोकप्रिय

Related Articles