मनहरी–बैशाख १५ गते । मनहरी गाउँपालिका वडा नम्बर ६ मा शनिबार निशुल्क स्वास्थ्य शिविर भएको छ । वडा कार्यलयको आयोजनमा भएको स्वास्थ्य शिविरमा ४ सय ५२ जनाले सेवा लिएका छन् ।
वडा कार्यालयको आयोजनामा भएको स्वास्थ्य शिविरमा चितवन मोडल अस्पताल प्रालि दुरसञ्चार रोड भरतपुरको प्राविधिक सहयोगमा भएको हो ।
शनिबार भएको शिविरमा इ्सिजी, मधुमेह, पिसाब जाँच, गर्भवती परीक्षण तथा निःशुल्क औषधी वितरण समेत गरिएको थियो ।
शिविरमा १ सय ८९ जनाले इसिजी, ३ सय २ जनाले मधुमेह परीक्षण, ३१ जनाले पिसबव जाँच, १४ जनाले गर्भवती परीक्षण गराएका थिए । वडा भित्रका आम मानिसहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै शिविरको आयोजना गरिएको वडा अध्यक्ष युवराज थपलियाले बताउनुभयो ।
आफ्नो वडा भित्र आर्थिक स्थिति कमजोर भएर स्वास्थ्य संस्था सम्म पुगी स्वास्थ्य परीक्षण गराउन नसक्ने, टाढा जान नसक्ने, स्वास्थ्य संस्थामा गरएर परीक्षण गर्न लजाउने, रोग लुकाएर राख्ने जस्ता समस्याहरुले स्थानीयहरुमा रोड बढिरहेकोले यसका न्युनिकरणका लागि शिविरको आयोजना गरिएको उहाँले बताउनुभयो ।
स्वास्थ्य शिविरमा वडा अध्यक्ष थपलिया, नेपाली काङ्ग्रेस मनहरी गाउँ कमिटीमा सभापति प्रकाश बर्तौला, वडा सदस्यहरु र डाक्टर तथा विशेषज्ञ टोलीहरुको सहभागिता रहेको थियो । निःशुल्क स्वास्थ्य शिविर नेपाली काङ्ग्रेस मनहरी गाउँ कमिटीका सभापति बर्तौलाको समन्वयमा भएको हो ।