Tuesday, May 21, 2024

मृगतृष्णा कला साहित्य डबलीमा पुनः सुन्दर लामाको नेतृत्व

ताजा / भरखरै प्राप्त

मनहरी–चैत २५ गते । पश्चिम मकवानपुरको कला, साहित्यको क्षेत्रमा क्रियाशील संस्था मृगतृष्णा कला साहित्य डबलीको आठौँ बार्षिक साधारण सभाले पुनः सुन्दर लामालाई अध्यक्ष चयन गरेको छ ।

साधारण सभाले अध्यक्षमा सुन्दर लामा, उपाध्यक्षमा बुद्धिमान घिसिङ, महासचिवमा रविन्द्र थिङ, कोषाध्यक्ष शुक्रबहादुर प्रजा र सचिवमा शिवकुमार काशीलाई निर्विरोध चयन गरेको हो ।

अन्य सदस्यहरुमा सुमन गिरी, हिरालाल पाख्रीन र कुमार घिसिङ रहनु भएको छ । साधारण सभामा तत्कालीन सचिव रविन्द्र थिङले संस्थाको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीको प्रमुख आतिथ्यतामा भएको सभामा प्रदीप वालाचन, कुमार घिसिङ, बाबु थिङ (बाबु)ले कविता र हिरालाल पाख्रीन, लालचन्द्र प्रजा लगायतले गीत प्रस्तुत गर्नु भएको थियो भने अभिसेक प्रजा र सुजन प्रजाले बाँसुरी र मादलको धून प्रस्तुत गर्नु भएको थियो ।

लोकप्रिय

Related Articles