Thursday, May 30, 2024

राक्सिराङका दिलबहादुर मनहरीको मन्दिर परिसरमा मृत फेला

ताजा / भरखरै प्राप्त

मनहरी–चैत २५ गते । मनहरी गाउँपालिका ७ तल्लो बजारस्थित मुक्तेश्वर महादेव मन्दिर परिसरमा सुतेकै अबस्थामा एक अबधैसे मृत फेला परेका छन् ।

फेला परेका अधबैसे पुरुष ५१ बर्षीय डिलबहादुर थिङ रहेको आफन्तजनले पहिचान गरेका छन् । राक्सिराङ गाउँपालिका वडा नं २ निङराङ घर भएका थिङ मनहरी बजार क्षेत्रमा शनिबारसम्म खानेकुराहरु मागेर हिँडिरहेका थिए ।

केही समययता उनको दैनिकी नै मनहरी बजार क्षेत्रमै बितिरहेको प्रत्यक्षदर्शीहरु बताउँछन् । मुक्तेश्वर महादेव मन्दिर परिसरमा निर्मित प्रतीक्षालायमा सुतेका उनी आइतबार बिहान मृत अबस्थामा भेटिएको हो ।

आफन्तसँगको समन्वयमा दिलबहादुरको शवलाई पोष्टमार्टमका लागि हेटौँडा पठाइएको इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक दीपक थापाले बताउनुभयो ।

लोकप्रिय

Related Articles