Sunday, October 13, 2024

अपाङ्गता भएका व्यक्तिलाई नेतृत्व विकास र आयआर्जन सम्बन्धी तालिम

ताजा / भरखरै प्राप्त

मनहरी–बैशाख ११ गते । अपाङ्ग स्वावलम्बन जीवन पद्धति केन्द्र मकवानपुरले एबिलिस फाउण्डेसनको सहयोगमा मनहरी गाउँपालिकाका ९ वटै वडामा बसोबास गर्ने अपाङ्गता भएका व्यक्तिहरुका लागि तालिम सञ्चालन गरेको छ ।

मनहरी ७ स्थित मध्यवर्ती उपभोक्ता समितिको सभा हलमा सञ्चालित ३ दिने तालिममा ४५ जना सहभागी भएका थिए ।

अपाङ्गता भएका व्यक्तिको क्षमता विकास, कानूनी व्यवस्था, सहायक सामग्रीको उपयोग, नेतृत्व विकास लगायतका बिषयहरुमा विभिन्न प्रशिक्षकहरुले सहजीकरण गर्नु भएको थियो ।

तीन दिने तालिमको समापन गर्दै प्रमुख अतिथि मनहरी गाउँपालिका वडा नं ७ का वडाध्यक्ष ठाकुरराम तितुङले आगामी आर्थिक बर्षमा वडाको तर्फबाट समेत अपाङ्गता भएका व्यक्तिहरुका लागि बजेट बिनियोजन गरिने बताउनुभयो ।

संस्थाका अध्यक्ष दिलबहादुर स्याङ्बो (शरण) को अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य नवराज सुवेदी, अपाङ्ग महासंघ बागमती प्रदेश संयोजक सीता मल्ल सहितले मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

तालिममा गणेशचन्द्र दवाडी, सीता मल्ल, मन्जु चौधरी, दिलबहादुर स्याङ्बो, प्रताप तितुङ, शिवकुमार काशी लगायतले सहजीकरण गर्नु भएको थियो ।

लोकप्रिय

Related Articles