मनहरी–चैत २१ गते । इलाका प्रहरी कार्यालय मकवानपुरले नियमित चेकजाँचका क्रममा भन्सार छलीका ठूलो परिमाणको सामान बरामद गरेको छ । बरामद गरिएका सामानहरुको सूचिमा आइफोन १५ सहित ८२ थान मोबाइल सेटहरु समेत रहेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक दीपक थापाका अनुसार आइफोन र गाडीसहित बरामद भएका सामानहरुको मूल्य नेपाली रुपियाँ ७७ लाख बराबरको छ । ती सामानहरु भन्सार नतिरी नेपाल भित्रिएको पाइएकाले बरामद गरी राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको प्रहरीले जनाएको छ ।
बरामद भएका सामानहरुमा आइफोन १५ सहित विभिन्न कम्पनीका ८२ थान मोबाइल, कुर्ता सुरुवाल सेट २०२ थान, सल ४५० थान, लेडिज कुर्ता २१८ थान, साडी ८८ थान, टिसर्ट ८२० थान, कक सुज २१ थान रहेको छ ।
त्यसैगरी जंकसुट १९ थान, मोदीकोट २५९, लेगिज पाइन्ट ७० थान, वानपिस २४१ थान, टप्स १४७ थान बरामद गरिएको प्रहरीले जनाएको छ । काठमाडौँतर्फ लैजाने क्रममा रहेको बीए डी ४३७० नं को भारतीय नं प्लेटको डिआई भ्यानमा राखेर ती सामानहरु पैठारी हुने क्रममा रहेको थियो ।