Thursday, May 30, 2024

नेकपा एस मनहरी ७ मा रामबहादुर परियारको नेतृत्व

ताजा / भरखरै प्राप्त

मनहरी–चैत ७ गते । नेकपा एकीकृत समाजवादी मनहरी गाउँपालिका वडा नं ७ को कमिटी पुनर्गठन भएको छ । पुनर्गठित कमिटीको अध्यक्षमा रामबहादुर परियार चयन हुनु भएको छ ।

उहाँ २०७९ सालको स्थानीय तहको निर्वाचनमा सोही पार्टीको तर्फबाट वडा सदस्यका उम्मेदवार हुनुहुन्थ्यो । उपाध्यक्षमा रन्जु प्रजा, सचिवमा सुजन पाठकसहित १७ सदस्यीय कमिटी निर्माण भएको हो । वडास्तरीय अगुवा भेलालाई सम्बोधन गर्दै केन्द्रीय कमिटी सदस्य एबम् संविधानसभा सदस्य राजाराम स्याङ्तानले समाजवादी आन्दोलनलाई जगैबाट बलियो बनाउँदै लैजानका लागि पार्टीले अभियान सञ्चालन गरिरहेको बताउनुभयो ।

उहाँले अब महाधिबेसनमार्फत पार्टीले एउटा मार्ग निर्दिष्ट गर्ने र एउटा स्वरुप धारण गर्ने जानकारी गराउँदै सर्बहारा बर्गको प्रतिनिधित्व गर्ने अब्बल कम्युनिष्ट पार्टीको रुपमा समाजवादी पार्टी स्थापित हुँदै गइरहेको बताउनुभयो ।

कार्यक्रममा बागमती प्रदेश सदस्य कृष्णबहादुर चेपाङ, जिल्ला कमिटी अध्यक्ष बिष्णुप्रसाद दाहाल, जिल्ला सचिवालय सदस्यहरु रामकुमार एलन, किशोर बर्ताैला, युवा संघ जिल्ला सचिव एबम् केन्द्रीय सदस्य सगुन स्याङ्तान लगायतको सहभागिता रहेको थियो ।

भेलाले वडाभित्रमा नयाँ संगठित सदस्यता बिस्तार गर्ने र पुराना सदस्यहरुलाई नवीकरण गर्ने कार्यलाई अघि बढाउने निर्णय गरेको छ ।

लोकप्रिय

Related Articles