Tuesday, May 21, 2024

प्याङ्चेबाट बरामद करिब १० किलो अफिम नष्ट

ताजा / भरखरै प्राप्त

मनहरी–चैत १९ गते । इलाका प्रहरी कार्यालय मनहरीले सोमबार ९ किलो ८ सय बीस ग्राम अफिम नष्ट गरेको छ ।

मनहरी पुलमुनी मनहरी खोलाको किनारमा उक्त परिमाणको अफिम जलाएर नष्ट गरेको इलाका प्रहरी कार्यालय मनहरी प्रहरी निरिक्षक दीपक थापाले बताउनुभयो ।

मनहरी गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष ठाकुरराम तितुङ, जिल्ला अदालत मकवानपुरका प्रतिनिधि राजन शर्मा, जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रतिनिधि राजन शर्मा, र इलाका प्रहरीक कार्यालय मनहरीको रोहबरमा जलाएर नष्ट गरिएको हो ।

गत फागुन ८ गते साँझ राक्सिराङ गाउँपालिकातर्फबाट २ वटा मोटरसाइकलमा दुईजना व्यक्तिहरु सवार मोटरसाइकललाई चेकजाँच गर्दा उक्त परिमाणको अफिम फेला पारे पनि ओसार पसार गर्ने व्यक्ति भने पक्राउ गर्न सकेको थिएन् । उक्त घटनामा अफिम ओसार पसार गर्ने व्यक्तिलाई भाग्न सहयोग गरेको आरोपमा मनहरी ७ प्याङ्चेका विवेक प्रजालाई भने नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ ।

लोकप्रिय

Related Articles