Friday, September 13, 2024

नेपाली बिषयको प्रश्नपत्र भाइरलः गाउँपालिका भन्छ–भाइरलवाला प्रश्नपत्रमा परिक्षा चलेको होइन

ताजा / भरखरै प्राप्त

मनहरी–चैत ६ गते । मनहरी गाउँपालिकामा सञ्चालित आधारभूत तह (कक्षा ८) को बार्षिक मूल्याङ्कन परीक्षामा नेपाली बिषयको प्रश्नपत्रप्रति सामाजिक सञ्जालहरुमा तीब्र आलोचना भएको छ । शुद्धाशुद्धि नभएका र टाइपिङ नै गलत भएका प्रश्नपत्र अफसेट प्रेसमा छापेर गाउँपालिकाले परीक्षा केन्द्रहरुमा पठाएको पाइएको हो ।

तर, शुद्धाशुद्धि नभएका र अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेका उक्त प्रश्नपत्रको आधारमा परीक्षा नगरी अर्काे प्रश्नपत्रमा गाउँपालिकाभर कक्षा ८ को परीक्षा सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका शिक्षा शाखा प्रमुख प्रदीप पराजुलीले मनहरीलाइभ डटकमसँग भन्नुभयो–‘प्राविधिक त्रुटी देखिनासाथ सबै परीक्षा केन्द्रहरुमा नयाँ प्रश्नपत्रको सफ्टकपी पठायौँ र त्यही प्रिन्ट गरेर परीक्षार्थीलाई उपलब्ध गरायौँ ।’ पराजुलीका अनुसार त्यसो हुँदा नेपाली बिषयको चैत ६ गतेको परीक्षा दिउँसो १ बजे सुरु हुनुपर्नेमा आधा घण्टा ढिलो भएको थियो ।

गाउँपालिकाले विज्ञप्ती प्रकाशन गरी गाउँपालिकाले प्राविधिक त्रुटी देखिने बित्तिकै पुनः सच्याइएको जनाएको छ । विज्ञप्तीमा प्राविधिक त्रुटी कोबाट के कति कारणले भयो भन्नेबारे अनुसन्धान गरी कारबाहीको दायरामा ल्याइने पनि उल्लेख छ । परिक्षा समिति संयोजकले हस्ताक्षर गरेको विज्ञप्तीमा परिक्षालाई मर्यादित बनाउन गाउँपालिका प्रयत्नशील रहेको र शैक्षिक गुणस्तर र मूल्यांकनमा गाउँपालिका संवेदनशील रहेको उल्लेख छ ।

यस्तो छ भाइरल प्रश्नपत्र


गाउँपालिकाले खारेज गरी नयाँ दिएको प्रश्न पत्र यस्तो ।


गाउँपालिकाको विज्ञप्ती ।

लोकप्रिय

Related Articles