Wednesday, December 11, 2024

अपाङ्गता भएका व्यक्तिको सचेतनाका लागि अभिमुखीकरण तालिम

ताजा / भरखरै प्राप्त

मनहरी–फागुन १९ गते । मनहरी गाउँपालिकामा रहेका अपाङ्गता भएका व्यक्तिहरुका लागि दुई दिने सचेतनामुलक तालिम सकिएको छ । अपाङ्ग स्वावलम्बन जीवन पद्धति केन्द्रको आयोजना तथा मनहरी गाउँपालिका र बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयको सहयोगमा तालिम सञ्चालन गरिएको हो ।

तालिममा राष्ट्रिय अपाङ्ग महासंघका बागमती प्रदेश समितिका सल्लाहकार गणेशचन्द्र दवाडी, बागमती प्रदेश कार्यक्रम संयोजक सीता मल्ल ठकुरी र सञ्चारकर्मी शिवकुमार काशीले तालिमको सहजीकरण गर्नु भएको थियो ।

तालिममा विभिन्न वडाहरुबाट विभिन्न प्रकृतिका अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावक गरी ४५ जनाको सहभागिता रहेको आयोजक संस्थाले जनाएको छ । तालिमको समापन गर्दै मनहरी गाउँपालिका कार्यबाहक अध्यक्ष सीता पुलामी मगरले अपाङ्गता भएका व्यक्तिहरुका लागि गाउँपालिकाले यथेष्ट सहयोग गरिरहेको र आगामी दिनमा पनि सहयोग जारी रहने प्रतिबद्धता जनाउनु भयो ।

अपाङ्ग स्वावलम्बन जीवन पद्धति केन्द्रका अध्यक्ष दिलबहादुर स्याङ्बो अध्यक्षतामा भएको समापन समारोहमा ७ नं वडा नवराज सुवेदीले मन्तब्य ब्यक्त गर्नु भएको थियो भने ५ नं वडाकी सदस्य संजिता परियार लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरु सहभागी हुनुहुन्थ्यो ।

लोकप्रिय

Related Articles