मनहरी– फागुन ११ गते । मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले मनहरी गाउँपालिका ७ स्थित युनिभर्सल लर्निङ एकेडेमीले एकपछि अर्काे सफलता प्राप्त गरिरहेको भन्दै शैक्षिक विकासमा भइरहेको योगदानको प्रशंसा गर्नु भएको छ ।
एकेडेमीले आफ्नो बार्षिक कार्यक्रम अनुसार आयोजना गरेको ‘युनिभर्सल फेस्ट २०८०’ को समापन समारोहलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै अध्यक्ष कालाखेतीले भन्नुभयो–‘खेलकुद, विज्ञान, गणित तथा सांस्कृतिक पक्षलाई एकसाथ लिएर अघि बढिरहेको यो स्कूलबाटै म्याराथनका राष्ट्रिय खेलाडी जन्मन सक्छ ।’
अध्यक्ष कालाखेतीले अभिभावक र विद्यार्थीको भावना बुझेर विद्यालयको तर्फबाट भइरहेको शैक्षिक प्रयासहरु सह्रानीय रहेको बताउनुभयो । युनिभर्सल फेस्ट २०८० को सन्दर्भ जोड्दै उहाँले शैक्षिक सामग्री प्रदर्शनीमा विद्यार्थीहरुले गणित, विज्ञान, सामाजिक क्षेत्रका नमूनाहरु प्रस्तुत गरेको भन्दै धन्यवाद ब्यक्त गर्नुभयो ।
कार्यक्रममा बागमती प्रदेशका निवर्तमान सांसद ओमबहादुर ग्लानले एकपछि अर्काे गर्दै विद्यालयले नयाँ नयाँ कार्यक्रमहरु सञ्चालन गरिरहेको प्रसंग कोट्याउनुभयो । मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समितिका सभापति गणेशमान मानन्धर, साना किसान कृषि सहकारी संस्थाकी अध्यक्ष बिमला कार्की लगायतले कार्यक्रममा शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
युनिभर्सल फेस्ट अन्तर्गत पछिल्ला ३ दिनमा सञ्चालित फुटसल, म्याराथन, भलिबल लगायत १५ भन्दा खेलहरुमा सहभागी भएर प्रथम, द्वित्तीय र तृतीय हुने विद्यार्थीलाई प्रमाणपत्र र मेडल प्रदान गरिएको थियो । त्यसैगरी विद्यालयको उन्नतिमा सहयोग पु¥याएका विभिन्न क्षेत्रको मजदुर, श्रमिकहरुलाई पनि विद्यालयले कदर पत्र प्रदान गरेको थियो ।
कार्यक्रममा विद्यार्थीहरुकै सक्रियतामा चार थरिका खाजाका परिकारका स्टलहरु राखिएका थिए । गुन्द्रुक भटमास, फापरको फुलौरा, स्वादिस्ट चटपटे, आलु भुजिया लगायतका खाजाका परिकारहरु खुला रुपमा विद्यार्थीहरुले बिक्री बितरण गरेका थिए । कार्यक्रममा गणित, सामाजिक, कला र विज्ञानसँग सम्बन्धित शैक्षिक सामग्रीहरुको प्रदर्शनी गरिएको थियो ।
विद्यार्थीहरुले निर्माण गरेका शैक्षिक सामग्रीहरुका बारेमा विद्यार्थीहरुले अतिथिहरुलाई प्रस्ट्याएका थिए ।
युनिभर्सल लर्निङ एकेडेमी प्रा.लिका अध्यक्ष शिवकुमार रिजालको सभाध्यक्षतामा भएको कार्यक्रममा मनहरी ४ का वडा अध्यक्ष प्रकाश थापा, मनहरी ३ का वडा अध्यक्ष अनन्त प्रकाश अर्याल, ८ नम्बर वडा अध्यक्ष नारायण उप्रेती, मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समितिका सभापति गणेशमान मानन्धर, मनहरी बहुमुखी क्याम्पसका प्रमुख गोबिन्द बर्तौलाको उपस्थिति रहेको थियो ।
त्यसैगरी इलाका प्रहरी कार्यालयका प्रमुख दीपक थापा, इलाका प्रहरी कार्यालय ट्राफिक प्रहरी प्रमुख कृष्ण प्रसाद काराखेती, राष्ट्रिय रोटरी माविका प्रधानाध्यापक गोविन्द प्रसादान पौडेल, मेरीगोल्ड टाइनिटस इंग्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल सवनम थापा, रेड एन्जल एकेडीमका संस्थापक यदुनाथ श्रेष्ठ, राष्ट्रिय मावि विजौना रमन्टार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखमान ब्लोन, विलिभर्स इंग्लिस बोडिर्ङ स्कुलका प्रिन्सिपल मदन तामाङ लगायतकाको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले एकल तथा सामूहिक नृत्य, कविता बाचन लगायतका प्रस्तुतिहरु दिएका थिए । कार्यक्रममा सहभागी अतिथिहरु सबैलाई अध्यक्ष रिजालले मायाको चिनो प्रदान गरी सत्कार गर्नु भएको थियो ।