Saturday, September 14, 2024

मनहरीमा जाँचियो २२० जनाको मुटू, २२ जनाले गरे अल्ट्रा साउण्ड

ताजा / भरखरै प्राप्त

मनहरी–फागुन ११ गते । मनहरी ७ स्थित रोटरी मार्केटमा आयोजना गरिएको मुटू जाँचसम्बन्धी शिविरमा २ सय २० जनाले सेवा लिएका छन् ।

नेपाल हृदयरोग निवारण प्रतिष्ठान मनहरी इकाई, मकवानपुर शाखा र रोटरी क्लव अफ हेटौँडाको आयोजनामा शिविर आयोजना गरिएको हो । शिविरमा २ सय २० जनाको मुटू जाँच गराइएको र तीमध्ये २२ जनाले अल्ट्रासाउण्ड सेवा समेत लिएको प्रतिष्ठान मनहरी इकाइका अध्यक्ष नारायण सुवेदीले जानकारी दिनुभयो ।

‘मुटूका समस्या भएका थुप्रै पुराना बिरामीहरु र मुटूसम्बन्धी समस्याको शंका भएका मानिसहरुले जाँच गराएका थिए । पुरानो मेडिकल कलेज भरतपुरका बरिष्ठ मुटूरोग बिशेषज्ञ डाक्टर मनोज श्रेष्ठ, डाक्टर सुमन कर्माचार्य, मकवानपुर सहकारी अस्पतालका डाक्टरहरु तथा मनहरी अस्पतालका डाक्टर बिजय साहको समेत सहभागितामा मुटू जाँच शिविर सम्पन्न भएको हो । शिविरमा युकेबाट आएका विद्यार्थीहरुले समेत सक्रियता जनाएका थिए ।

शिविरको उद्घाटन गर्दै मनहरीमा जाँचियो २२० जनाको मुटू, २२ जनाले गरे अल्ट्रा साउण्डउहाँले मुटूरोगबाट बच्न र बचाउनका लागि नियमित शारीरिक अभ्यास र खानपानमा ध्यान दिनुपर्ने बताउनुभयो ।

प्रतिष्ठानका मनहरी इकाई अध्यक्ष सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा डाक्टर मनोज श्रेष्ठ, प्रतिष्ठानका केन्द्रीय सदस्य हरिबंश भेटवाल लगायतले मन्तब्य ब्यक्त गर्नु भएको थियो भने विभिन्न वडाका वडाध्यक्षहरु, इलाका प्रहरी कार्यालय मनहरी, रोटरी क्लवका पदाधिकारीहरु, प्रतिष्ठानका पदाधिकारीहरुको सहभागिता थियो ।

लोकप्रिय

Related Articles