Tuesday, April 16, 2024

सुनाचुरीको होटलमा खाजा खाएर नक्कली नोट दिने सिमपानीका ४ जना पक्राउ

ताजा / भरखरै प्राप्त

मनहरी–फागुन ६ गते । नक्कली नोटको कारोबार गरेको आरोपमा मनहरी गाउँपालिका ८ सिमपानीका ४ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा मनहरी गाउँपालिका ८ का लोकेन्द्र मुक्तानसहित ४ जना युवाहरु रहेको प्रहरीले जनाएको छ ।

घटना बिबरण अनुसार फागुन ३ गते मनहरी ६ सुनाचुरीस्थित हरियाली होटल एण्ड रेस्टुरेन्टमा पुगेका लोकेन्द्रसहितको टोलीले खाजा खाएका थिए । खाजा खाएपछि तिरिएको हजार हजारका नोट नक्कलीजस्तो लागेपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले खोजी गरी फागुन ५ गते कैलाश गाउँपालिका पुगेर लोकेन्द्रलाई पक्राउ गरी ल्याएको इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक दीपक थापाले बताउनुभयो । उनीहरुको साथबाट २४ थान हजारका नेपाली नोट बरामद भएका छन् ।

छाम्दा बाक्लो र खस्रो लाग्ने नोटहरु कसले, कहाँ र कसरी छाप्यो भन्नेबारे अनुसन्धान जारी छ । पक्राउ परेका लोकेन्द्रबाहेक अन्य तीनजना खानपिनमा मात्र सहभागी भएको बुझिएको छ । उनीहरुबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

लोकप्रिय

Related Articles