Tuesday, May 21, 2024

सिमपानीमा मिटरब्याज पीडित र स्थानीयबासीबीच हुलदंगा, २० जना घाइते

ताजा / भरखरै प्राप्त

मनहरी–फागुन १ गते । पूर्वबाट आइरहेको मिटर ब्याज पीडितहरुको ¥यालीमा सहभागी र मनहरी गाउँपालिका ८ सिमपानीका स्थानीयबासिन्दाबीच साँझपख झडप भएको छ ।

स्थानीयबासिन्दाको एउटा स्कुटरलाई हस्तक्षेप गरी अभद्र व्यवहार गरेपछि मिटर ब्याज पीडितहरुमाथि स्थानीयबासिन्दाले प्रतिकार गरेका थिए ।

प्रतिकारका क्रममा हुलदंगा भएको र २० जना मिटर ब्याज पीडितहरु घाइते भएको इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक दिपक थापाले बताउनुभयो ।

घाइते सबैलाई उपचारका लागि भरतपुर पठाइएको छ । ढुंगा हानाहानका क्रममा उनीहरु घाइते भएको बताइएको छ ।

लोकप्रिय

Related Articles