Friday, September 13, 2024

पाँचौ मनहरी महोत्सवको ९० प्रतिशत तयारी पूरा

ताजा / भरखरै प्राप्त

मनहरी–माघ १३ गते । पाँचौ मनहरी महोत्सवको ९० प्रतिशत तयारी पूरा भएको छ । आयोजक मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समिति मनहरीले महोत्सवको सबै तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएको छ ।

महोत्सवमा १५० वटा स्टल रहनेछ । समितिका सभापति एबम् मूल आयोजक समितिका संयोजक गणेशमान मानन्धरले स्टल निर्माणको काम ८० प्रतिशत सकिएको र भोलिसम्ममा स्टेज बन्ने काम सकिने बताउनुभयो ।

महोत्सवमा स्थानीय कृषि उत्पादनहरु च्याउ, केराका परिकार, स्थानीय गहत, मास, मस्याङको बिक्री बितरण र प्रदर्शनी गरिनेछ । त्यसैगरी पश्चिम मकवानपुरमा बाहुल्य रहेको चेपाङ जातिको संस्कृति झल्काउने घर, नेपालमै मनहरीमा मात्र रहेको बनकरियालाई पनि महोत्सवमा स्थान दिने गरी तयारी गरिएको संयोजक मानन्धरले जानकारी दिनुभयो ।

यही माघ १६ देखि २८ गतेसम्म चल्ने महोत्सवमा राष्ट्रिय र स्थानीय सबै कलाकारहरुको तय गरिएको र स्थानीय स्तरमा लोकदोहोरी प्रतियोगिता, नृत्य लगायतका क्रियाकलापहरु दैनिक रुपमा हुने आयोजकले जनाएको छ ।

लोकप्रिय

Related Articles