मनहरी–माघ १२ गते । नेपाल हृदय रोग निबारण प्रतिष्ठान मनहरी इकाइको अध्यक्षमा पुनः नारायण सुवेदी चयन हुनु भएको छ ।
मनहरी गाउँपालिका ८ स्थित आमाघर आश्रममा भएको प्रथम सम्मेलनले सुवेदीको अध्यक्षतामा कार्य समिति गठन गरेको हो । यसअघि तदर्थ समितिको रुपमा २०७७ सालमा यो संस्था मनहरीमा गठन भएको थियो ।
उपाध्यक्ष गणेशमान मानन्धर, सचिवमा रामु दराई, कोषाध्यक्षमा लक्ष्मी प्रजा चुनिनु भएको छ । सदस्यहरुमा नवराज सुवेदी, तेजराज उप्रेती, राजु राउत, सुरेश साह, मन्जु सेढाई, अनिता कर्माचार्य, दिलबहादुर स्याङ्बो, भुवनकुमार जोशी चुनिनु भएको छ ।
प्रथम अधिबेसनको उद्घाटन सत्रमा बोल्नै प्रतिष्ठानको बिशिष्ठ सदस्य समेत रहनु भएका मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले नियमित ब्यायाम र खानपानले मुटु स्वस्थ राख्न सकिने भएकाले व्यायामको बानी विकास गर्नुपर्ने बताउनुभयो ।
अध्यक्ष कालाखेतीले आफ्नै मुटू जाँच गर्दा मानसिक तनाव भएको प्रसंग कोट्याउँदै पालिकाले स्वास्थ्यबीमा मार्फत गरिव जनतालाई सहज बनाएकाले मुटू जाँच लगायतका काम गर्न सके पालिकाबासी निरोगी हुने बताउनुभयो ।
त्यसैगरी प्रतिष्ठानका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष हरिबंश भेटवालले मानिस सन्तुष्ट भएर उन्मुक्त हाँसो हाँस्न सके निरोगी हुने बताउनुभयो । आफै ७१ बर्षको लाग्दा समेत निरोगी भएको र हालसम्म एउटा ट्याबलेट समेत खान नपरेको उहाँको भनाई थियो ।
ब्रह्मकुमारी राजयोग सेवा केन्द्रका बिजयराज सिग्देलले प्रतिष्ठान गठन गरी छोटै समयमा संस्थागत रुप लिन सकेकोमो गर्ब गर्नुभयो ।
कार्यक्रममा ८ नं वडाध्यक्ष नारायण उप्रेती, ७ नं कार्यबाहक वडाध्यक्ष नवराज सुवेदी, नेपाली काँग्रेस सभापति प्रकाश बर्ताैला लगायत लब्ध प्रतिष्ठित ब्यक्तिहरुको सहभागिता थियो ।