मनहरी–माघ ५ गते । मनहरी गाउँपालिका ५ रुन्चेडाँडा स्थित मदन आश्रित प्राथमिक विद्यालयमा अध्ययनरत ५२ जना विद्यार्थीका लागि पोशाक बितरण गरिएको छ । नेपाल रेडक्रस सोसाइटी मनहरी उपशाखाको समन्वयमा विद्यालयका बालबालिकाहरुका लागि पोशाक बितरण गरिएको हो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष पम्फा रोक्का, प्रधानाध्यापक दीपक पौडेल तथा रेडक्रसका तर्फबाट सभापति मोहन कार्की उपसभापति अन्जु कार्की (खुसी), सचिव पुस्कर सुवेदी, उपकोषाध्यक्ष सीताराम अधिकारी, लगायतको सहभागितामा बालबाबालिकाका लागि टिसर्ट, ट्रयाकसुट र ज्याकेट उपलब्ध गराइएको हो ।
अमेरिकास्थित कार्की कन्सल्टिङ निको फाउण्डेसनको सहयोगमा पोशाक बितरण गरिएको हो । पोशाकसँगै फाउण्डेसनले यस विद्यालयका बालबालिकाका लागि खाजा र खानाको समेत व्यवस्था गर्दै आइरहेको रेडक्रस उपसभापति अन्जु कार्की (खुसी) ले जानकारी दिनुभयो ।
विद्यालयमा फाउण्डेसनको तर्फबाट भइरहेको सहयोगले बालबालिकाहरुलाई अध्ययनका लागि निकै सहज भएको विद्यालयले जनाएको छ ।