Thursday, April 18, 2024

दुर्गा प्रसाईंको महाअभियान मनहरीमा पनि

ताजा / भरखरै प्राप्त

मनहरी–माघ ३ गते । राष्ट्र, राष्ट्रियता धर्म संरक्षण र नागरिक बचाउ महाअभियानको मनहरीमा पनि पालिकास्तरीय समिति गठन भएको छ ।

बुधवार मनहरी गाउँपालिका ८ सिमपानीमा बसेको भेलाले इश्वर सुवेदीको अध्यक्षतामा समिति गठन गरेको हो । ३१ सदस्यीय समिति गठन गर्ने क्रममा हाललाई अध्यक्ष सुवेदीसहित उपाध्यक्ष रिश्मा प्रजा र सचिवमा रामकुमार अधिकारीलाई चयन गरिएको अभियानकर्मी श्रीकृष्ण उप्रेती (नानीबाबु) ले जानकारी दिनुभयो ।

भेलामा केन्द्रीय सदस्य तथा यातायात विभाग संयोजक निरध्वज खड्का, जिल्ला अध्यक्ष भीमबहादुर राउतसहित अभियानकर्मीहरुको सहभागिता थियो ।

भेलामा परम्परागत र सनातनी धर्म संरक्षण, बित्तीय संस्थाहरुबाट भएका आर्थिक, सामाजिक र मानसिक शोषण विरुद्धमा अभियान राष्ट्रिय रुपमा अघि बढेको जानकारी गराइएको थियो ।

लोकप्रिय

Related Articles