मनहरी–पुस ८ गते । संसदीय निर्वाचनमा भएको ठूला पार्टीहरुको गठबन्धनपछि स्थिर रहेको नेकपा माओवादी केन्द्रको जनसंगठन सुदृढिकरण अन्तर्गत मनहरी गाउँपालिकामा ९ वटै वडा कमिटी पुनर्ताजगी भएको छ ।
माओवादी केन्द्रले ४ महिनाअघि सुरु गरेको सदुढिकरण अभियान अन्तर्गत पुस ८ गतेसम्ममा मनहरीका ९ वटै वडामा अधिबेसन सम्पन्न भई नयाँ नेतृत्व चयन गरिएको छ ।
नेकपा माओवादी केन्द्रले केन्द्रीय सदस्य घनश्याम दाहाल (अबिनाश) को अगुवाई मनहरी गाउँपालिकामा ‘घरघरमा माओवादी, जनजनमा माओवादी’को नारासहित सुदृढिकरण कार्यक्रम सञ्चालन गरेको थियो । चार महिने अबधिमा तटस्थ बसेका र विभिन्न राजनीतिक दलमा आबद्ध रहेका ४ सयभन्दा बढी मानिसहरु माओवादी केन्द्रमा प्रवेश गरेको बागमती प्रदेश सचिवालय सदस्य बीरबहादुर घलान (ज्वाला) ले जानकारी दिनुभयो ।
नेकपा माओवादी केन्द्र मनहरीले दिएको जानकारी अनुसार वडा नं १ मा रबिन थोकरको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी गठन भएको छ ।
त्यसैगरी वडा नं २ मा शिवलाल घलानको अध्यक्षतामा २९ सदस्यीय, वडा नं ३ मा नारायण खड्काको अध्यक्षतामा २९ सदस्यीय, वडा नं ४ मा भीमबहादुर रुम्बाको अध्यक्षतामा २९ सदस्यीय, वडा नं ५ मा मीनबहादुर घलानको अध्यक्षतामा २९ सदस्यीय, वडा नं ६ मा डम्बरबहादुर मुक्तानको अध्यक्षतामा २९ सदस्यीय, वडा नं ७ मा रुविन मोक्तानको अध्यक्षतामा २९ सदस्यीय, वडा नं ८ मा सन्तोष थोकरको अध्यक्षतामा १७ सदस्यी र वडा नं ९ मा सोलाल गोलेको अध्यक्षतामा १७ सदस्यीय वडा कमिटी गठन भएको छ ।
कुनै पनि वडा मा ८७ जनाभन्दा बढीको पार्टी सदस्यता नवीकरण र न्यूनतम ५ वटा टोल कमिटी भएमा २९ सदस्यीय कमिटी बनाउन पाइने माओवादीको निर्देशन थियो ।
सोही बमोजिम ७ वटा वडामा २९ सदस्यीय कमिटी बनेका छन् । ती कमिटीहरुमा२३७ जनाले वडाको जिम्मेवारी पाएको बागमती प्रदेश सचिवालय सदस्य घलानले जानकारी दिनुभयो ।
मनहरीमा पुस ८ गतेसम्मको अबधिमा १ हजार ४ सय जनाले पार्टी सदस्यता नवीकरण गरेको नेकपा माओवादी केन्द्रले जनाएको छ ।
चार महिने अभियान अन्तर्गत अझै पालिकास्तरीय रिपोर्टिङ, समिक्षा र प्रतिवेदनहरु तयारीको काम बाँकी नै रहेको नेता घलानले जानकारी दिनुभयो । यो अभियानमा मनहरीमा केन्द्रीय सदस्य घनश्याम दाहाल (अबिनाश), बागमती प्रदेश सचिवालय सदस्य बीरबहादुर घलान ज्वाला, बागमती प्रदेश सदस्य एबम् मनहरी गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगर (रेखा), बागमती प्रदेश सदस्य लक्ष्मी माझी (कृपा), ज्येष्ठ कम्युनिष्ट मञ्चका केन्द्रीय सदस्य रामहरि सुवेदी, बागमती प्रदेश कमिटी सल्लाहकार अशोक शाक्य, जिल्ला समन्वय समिति सदस्य एबम् मनहरी इन्चार्ज तथा २ नं वडाध्यक्ष राजकुमार पाख्रीन, अमर रुम्बा, आनन्द घलान, केशव सुवेदी (गजाधर), यदुनाथ श्रेष्ठ, गाउँ कमिटीका अध्यक्ष रामप्रसाद कालाखेती लगायत नेताहरु खटिएर लाग्नु भएको थियो ।
त्यसैगरी मनहरी गाउँ कमिटी उपाध्यक्ष दिलबहादुर स्याङ्बो (शरण), कोषाध्यक्ष ध्रुब खड्का, सहसचिव तेजराज पाण्डे, वाइसीएल इन्चार्ज इश्वर थापासहित नेता कार्यकर्ताले अभियानमा सक्रियता जनाउनु भएको थियो । पार्टीका तर्फबाट निर्वाचित वडाध्यक्षहरु प्रकाश थापा (वडा नं ४) दीपेन्द्र अधिकारी (वडा नं ५) ले घरघरमा माओवादी, जनजनमा माओवादी अभियानलाई साथ दिएका थिए ।