Sunday, October 13, 2024

राक्सिराङका चेपाङ महिलाहरुलाई कुचो बनाउने तालिम

ताजा / भरखरै प्राप्त

राक्सिराङ– मंसिर १४ गते । राक्सिराङ गाउँपालिकाका १ दर्जन महिलाहरुलाई परम्परागत अम्रीसोबाट कुचो बनाउने एकदिने तालिम दिइएको छ ।

गैर सरकारी संस्था बिघ्नहर्ता नेपालले गाउँपालिकाका विभिन्न वडाका महिलाहरुलाई कुचो बनाउने प्रशिक्षकको रुपमा तयार गर्ने उद्धेश्यले तालिम दिइएको हो ।

तालिममा चेपाङ समुदायका एक दर्जन महिला सहभागी थिए । उनीहरुलाई प्रशिक्षक बेद प्रसाद भट्टराईले गाउँघरमै उत्पादन हुने अम्रीसोबाट कुचो बनाउने प्रशिक्षण दिनुभएको हो ।

गाउँघरमा महिलाहरुले परम्परादेखि नै जानेको कुचो बनाउने कामलाई ब्यवसायिक सीपको रुपमा विकास गरि आत्मनिर्भर बनाउने उद्देश्यले तालिम दिइएको बिघ्नहर्ता नेपालका कार्यकारी उपाध्यक्ष रजिया बानुले बताउनुभयो ।

महिलाहरु ब्यवसायिक रुपमा कुचो बनाउन दक्ष रहेको प्रमाणित गर्न प्रमाणपत्रसमेत दिइएको उहाँले बताउनुभयो । उनीहरुलाई आउँदा दिनमा प्रशिक्षकको रुपमा परिचालन गरिने उहाँको भनाई छ । गाउँपालिका अध्यक्ष राजकुमार मल्लले स्थानीय उत्पादनलाई ब्यवसायिक रुपमा विस्तार गर्न तालिम फलदायी हुने बताउनुभयो ।

विपन्न चेपाङ समुदायको जीवनस्तर र आयस्तर सुधार गर्न सीपमुलक कार्यक्रममा जोड दिइएको उहाँको भनाई छ । बिघन्हर्ता नेपालले केहि बर्षयता राक्सिराङ गाउँपालिकाका विभिन्न वडाह?मा अम्रीसो खेतीको प्रबद्र्धन गरिरहेको छ । अम्रीसो भीरालो पाखा, खोरीयाजस्ता बाँझो जमिनमा पनि सहजै उत्पादन गर्न सकिने भएकाले राक्सिराङमा यसको खेती गरि ब्यवसायिक लाभ लिन सकिने संस्थाका कार्यकारी उपाध्यक्ष बानु बताउँछन ।

अम्रीसोको कुचो तयार गरि बाँकी बसेको ढाँठबाट नेपाली कागज उत्पादन गर्न सकिन्छ । सो कागजबाट विभिन्न झोला, माला, श्रृङगार तथा गिफ्ट समानहरु तयार गर्न सकिने बानुको भनाई छ ।

आफुहरुले परिक्षणको रुपमा विभिन्न सामाग्री तयार गरि प्रबद्र्धन थालेको उहाँले बताउनुभयो । अम्रीसोबाट कागज उत्पादनका लागि राक्सिराङ गाउँपालिकामा कारखाना राख्ने योजना समेत छ ।

यसका लागि गाउँपालिकाले सहमति जनाइसकेको र आवश्यक जग्गा खोज्ने काम भइरहेको संस्थाका कार्यक्रम संयोजक लोक प्रजाले बताउनुभयो ।

लोकप्रिय

Related Articles