मनहरी–मंसीर १४ गते । लोपोन्मुख गैँडालाई खाल्डोमा पारेर मारी खाग तस्करी गर्ने समूहमा राक्सिराङ गाउँपालिका ९ खैराङका समशेर थिङ र मनहरी गाउँपालिका ६ का सीताराम थिङ पक्राउ परेका छन् ।
चितवन राष्ट्रिय निकुन्जमा केही समयअघि खाल्डो खनेर खाल्डोमा पारी गैँडा मारेको र खाग निकालेको आरोपमा पक्राउ परेका ८ जना मध्ये राक्सिराङ ९ का ४४ बर्षीय समशेर थिङ र मनहरी गाउँपालिका ६ का ५६ बर्षीय सीताराम थिङ समेतलाई निकुन्जले सार्बजनिक गरेको हो ।
पक्राउ पर्ने अन्य अभियुक्तहरुमा हेटौँडा ३ लेवटका ३३ बर्षीय रमेश खाती, राप्ती नगरपालिका ११ का पासाङ भन्ने आइतसिं मोक्तान, रोल्पा घर भई हेटौँडा ५ बस्ने अर्जुन रोका, गोरखा बारपाक घर भई भरतपुर ११ बस्नेत ७७ बर्षका धनबहादुर गुरुङ, राप्ती ११ कोराक बस्ने ४० बर्षका उनबहादुर स्याङ्तान, मनहरी घर भई चितवनको बाँदरझुला बस्ने ५६ बर्षीय इन्द्रबहादुर तामाङ रहेका छन् ।
१० दिनको फरकमा दुईवटा गैँडालाई खाल्डोमा पारी मार्ने समूहलाई निकुन्जले पक्रेर कारबाही प्रक्रिया अघि बढाएको हो ।