Saturday, September 14, 2024

राक्सिराङ ८ मा बलात्कार भनिएको घटना के हो ? यस्तो हुँदैछ कानूनी प्रक्रिया

ताजा / भरखरै प्राप्त

राक्सिराङ–मंसीर १३ गते । केही समयअघि राक्सिराङ गाउँपालिका ८ मा जबरजस्ती करणीका घटनालाई मिलाउन खोजियो भनेर सामाजिक सञ्जालहरुमा हल्लाखल्ला भए ।

राजनीतिक रंग दिएर उक्त घटनालाई मिलाउन पनि खोजियो । तर, त्यो घटना त्यतिकै मिलाउन कहाँ सजिलो छ र ? अन्ततः प्रहरीको घटना दर्ता भएको छ, यद्यपि अभियुक्तहरु पक्राउ पर्न बाँकी छन् ।


घटना भएको चाहिँ के हो ?
समिना प्रजा (नाम परिवर्तन) लाई उनकै ५५ बर्षीया ससुुरा पर्ने सुरेन्द्रले ब्ल्याकमेलिङ गरेर शारीरिक सम्बन्ध राख्न बाध्य बनाएको घटना सार्बजनिक भएको हो । यो घटना २०८० साल जेठ ७ गतेको हो । जुन दिन सुरेन्द्रले घ्यामरिङ भन्ने एकान्त गोठमा बोलाएर बुहारी समिनालाई ब्ल्याकमेलिङ गरी शारीरिक सम्बन्ध राख्न बाध्य बनाएका थिए ।

सुरेन्द्रले ‘तिमी फलानो केटासँग सुतेको मैले देखेको छु, मलाई नदिने भए त्यो कुरा सार्बजनिक गरिदिन्छु’ भनेपछि डराएकी समिना सुरेन्द्रसँग सम्बन्ध राख्न बाध्य भएकी थिइन् । समिनाको १ बर्षको छोरा छन् भने श्रीमान केही समयदेखि ज्यामी कामका लागि काठमाडौँमा रहँदै आएका छन् ।

टना यतिमै रोकिँदैन । ससुरा पर्ने ५५ बर्षीयासँग शारीरिक सम्बन्ध राख्न बाध्य भएकी २२ बर्षकी समिनालाई २०८० साल असार २३ गते राति अर्काे आपत आइलाग्यो । रातिको सममय फेरि जेठाजु पर्ने सुजन प्रजा बिस्तारै बिस्तारै घरभित्र छिरे ।

बुहारी समिनासँग बिस्तारै नजिकिँदै गए, लामो हात गर्न थाले । कथा पुरानै दोहोरियो । ब्ल्याकमेलिङ शैलीमै उनले पनि बुहारीसँग शारीरिक सम्बन्ध राख्न प्रस्ताव गरे । ‘तपाई मेरो जेठाजु मान्छे, मलाई छुन समेत हुँदैन परै बस्नुस्’ भन्दै समिनाले जोगिन खोजेपनि सुजनले छाडेनन् ।

एक कान, दुई कान मैदान हुँदै यो घटना गाउँभरि फैलियो । त्यसपछि न्यायका निम्ति समिना प्रहरीसम्म पुगिन् । इलाका प्रहरी कार्यालय मनहरीमा कात्तिक २५ गते जबरजस्ती करणी मुद्दा दर्ता भएको छ ।

यद्यपि अभियुक्त सुरेन्द्र र सुजन अझै पक्राउ परेका छैनन् । प्रहरीले खोजी जारी राखेको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ ।

लोकप्रिय

Related Articles