Wednesday, May 22, 2024

श्री प्रजा विकास प्राथमिक विद्यालयका ३० जना विद्यार्थीलाई विद्यालय पोशाक वितरण

ताजा / भरखरै प्राप्त

मनहरी–असोज २८ गते । मनहरी गाउँपालिका वडा नम्बर ६ हाङलाङ स्थित श्री प्रजा विकास प्राथमिक विद्यालयमा ३० जना विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरिएको छ ।

बिहिबार मर्यादा नेपाल संस्थाले उक्त विद्यालयमा अध्ययनरत ३० जना चेपाङ विद्यार्थीहरुलाई नेपालीहरुको महान पर्व वडा दशैँको अवसर पारेर पोशाक वितरण गरिएको मर्यादा नेपालका अध्यक्ष खुशी कार्की (अन्जु) ले बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निर बहादुर प्रजा, प्रधानाध्यापक देवराज प्रजा, वडा सदस्य राममायाँ नगरकोटी, शिक्षक, अभिभावक, संस्थाका प्रतिनिधि लगायतकाको उपस्थितिमा पोशाक वितरण गरिएको उहाँले बताउनुभयो ।

कक्षा १ देखी ३ सम्म पढाई हुने उक्त विद्यालयमा सिमान्तकृत चेपाङ समुदायका विद्यार्थीहरु अध्ययनरत छन् । विद्यालय पोशाक समेत किन्न समेत समस्या भोगिरहेका उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरिएको कार्कीले बताउनुभयो ।

तीन कक्षा सम्म पढाई हुने उक्त विद्यालयमा तीन जना नै शिक्षक रहेको प्रधानाध्यापक देवराज प्रजाले बताउनुभयो ।

लोकप्रिय

Related Articles