मनहरी–असोज १९ गते । मनहरी गाउँपालिका ८ स्थित साना किसान सहकारी संस्थाको अध्यक्षमा पुनः बिमला कार्की निर्वाचित हुनुभएको छ ।
शुक्रबार भएको निर्वाचनबाट कार्की नयाँ कार्यकालका लागि पनि निर्वाचित हुनुभएको हो ।
अर्का अध्यक्षका प्रतिस्पर्धी पञ्च गोपालीलाई १ मतले पछि पार्दै कार्की निर्वाचित हुनुभएको हो । सहकारी अन्तर्गतका विभिन्नि समुहबाट चुनिएर आएका १३ जना मतदाताहरुले मतदान गरेका थिए ।
सोही मध्य कार्कीले ७ र गोपालीले ६ मत पाउनुभएको हो । त्यस्तै उपाध्यक्षमा भने लिलाराज भट्ट निर्वाचित हुनुभएको छ ।