Wednesday, May 22, 2024

दुई जना महिला सहित २६ जनाले गरे रक्तदान

ताजा / भरखरै प्राप्त

मनहरी–असोज १३ गते । निर्माण सामग्री व्यवसायी संघ मकवानपुरको आयोजनामा शनिबार मनहरीमा रक्त दान कार्यक्रम आयोजना गरिएको छ ।

शनिबार भएको रक्तदान कार्यक्रममा २ जना महिला र २४ जना पुरुष गरी २६ जनाले रक्तदान गरेका छन् ।

नेपाल रेडक्रस सोसाइटी, रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम आयोजना गरिएको निर्माण सामग्री व्यवसायी नारायण बर्तौलाले जानकारी दिनुभयो ।

निर्माण सामग्री व्यवसायी संघ मकवानपुरका अध्यक्ष बालकृष्ण बजगाईंको अध्यक्षता एवम् कार्यक्रम संयोजक नारायण बर्तौलाको संयोजकत्वमा कार्यक्रम भएको हो ।

कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघ पश्चिमी क्षेत्र मनहरीका अध्यक्ष गणेश मानन्धर, संस्थापक अध्यक्ष कृष्णराम न्यौपाने सहित विभिन्न संघसंस्थाका प्रमुख प्रतिनिधिहरुको आतिथ्यता रहेको संयोजक बर्ताैलाले जानकारी दिनुभयो ।

सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रमको आयोजा गरिएको बर्ताैलाले बताउनुभयो । शनिबार भएको रक्तदान कार्यक्रम रोटरी मार्केटमा भएको हो ।

लोकप्रिय

Related Articles