Tuesday, May 21, 2024

मनहरीको उद्योग बाणिज्य संघ १४ औँ बर्ष पूरा, कार्यालयमा दिप प्रज्वलन

ताजा / भरखरै प्राप्त

मनहरी–असोज ९ गते । मकवानपुर उद्योग बाणिज्य संघ हेटौँडा अन्तर्गत रहेको पश्चिम क्षेत्र समिति मनहरीले १४ औँ बर्ष पूरा गरेको छ ।

१४ बर्ष पूरा गरेको अबसरमा संघले आफ्नै कार्यालय भवनमा दीप प्रज्वलन गरेको छ ।

दीप प्रज्वलन कार्यक्रमलाई सम्बोधन गर्दै मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले अब ब्यापारीहरु पनि आधुनिकतासँगै सुध्रदै र सम्हालिँदै जानुपर्नेमा जोड दिनुभयो ।

उहाँले गाउँपालिकाले बजार अनुगमनको कुरालाई ध्यान दिएको बताउँदै बजारमा अखाद्य बस्तु, म्याद गुज्रेको बस्तुहरु र ठगीका घटनाहरु सुन्न नपरोस् भन्दै शुभकामना दिनु भएको छ ।

उहाँले स्थानीय सरकार सदैव व्यवसायीको हीतका लागि सहयोग र समन्वय गर्न तयार रहेको स्पष्ट पार्नुभयो ।

कार्यक्रममा मकवानपुर उद्योग बाणिज्य संघ मकवानपुरका उपाध्यक्ष अनिल अग्रवालले छोटो अबधिमै पश्चिम क्षेत्र समितिले गरेको प्रगति लोभलाग्दो रहेको भन्दै प्रशंसा गर्नुभयो ।

५० जनाबाट सुरु भएको सदस्यता बृद्धि भएर अहिले ५५० पुगेको सुनाउँदै उहाँले संस्थाको आफ्नै भवन हुनु र बार्षिकोत्सव समेत मनाउन सक्नु खुसीको कुरो रहेको बताउनुभयो ।

कार्यक्रममा निवर्तमान सभापति नारायण सुवेदी, मकवानपुर उद्योग बाणिज्य संघ हेटौँडाका उपाध्यक्ष प्रमोद सिंह रानाभाट लगायतले पनि शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

समितिका सभापति गणेशमान मानन्धरको सभाध्यक्षतामा भएको मकवानपुर उद्योग बाणिज्य संघ हेटौँडाका पदाधिकारीहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, इलाका प्रहरी कार्यालय मनहरी, शसस्त्र प्रहरी पोष्ट, विभिन्न सामुदायिक वनका प्रतिनिधिहरु, खानेपानी तथा सरसरफाई उपभोक्ता समिति, सञ्चारकर्मीहरु, संस्थापक सदस्यहरु, बस्तुगत समितिका पदाधिकारीहरु र व्यवसायीहरु सहभागी हुनुहुन्थ्यो ।

लोकप्रिय

Related Articles