Saturday, September 14, 2024

मनहरीमा समाजवादीको बैठक, गाउँपालिकाको बेथितिबारे बोल्नुपर्ने राय

ताजा / भरखरै प्राप्त

मनहरी–असोज ३ गते । नेकपा एकीकृत समाजवादीको मनहरी गाउँ कमिटी सचिवालय बैठक बसेको छ ।

लामो समयपछि बसेको बैठकले वडा कमिटीहरुको पुनर्गठन, गाउँपालिका स्तीय अधिबेसन लगायतको निर्णय गरी आवश्यक तयारी थालेको पार्टीका अध्यक्ष नारायण श्रेष्ठले बताउनुभयो ।

पार्टीका केन्द्रीय सदस्य राजाराम स्याङ्तानको प्रमुख आतिथ्यतामा बसेको बैठकले असोज १५ भित्र ९ वटै वडा कमिटी पुनर्गठन गरी असोज २० गते गाउँ अधिबेसन सम्पन्न गर्ने निर्णय गरेको छ ।

यो अबधिमा संठठित सदस्यहरुको नवीकरण गरी वडा कमिटीहरुको पुनर्गठन गर्न जिल्ला सचिवालय सदस्य, जिल्ला सदस्यसहितलाई खटाउने गरी काम अघि बढेको उहाँले बताउनुभयो ।

बैठकले मनहरी गाउँपालिकाको पाडी खरिद काण्ड, १६ करोड राजश्व मिनाहा काण्ड, पत्रकारलाई अनावश्यक हस्तक्षेप गरेको काण्ड लगायतका बिषयहरुमा पार्टीले धारणा सार्बजनिक गर्नुपर्नेलगायतका बिषय नेतृत्वको ध्यानाकर्षण गराएको छ ।

गाउँपालिकाका सृंखलाबद्ध ढंगले भइरहेका बेथतिबिरुद्ध पार्टीले दह्रो आवाज उठाउनुपर्नेमा बैठकका सहभागीहरुले नेतृत्वालाई सुझाव दिएका थिए ।

बैठकमा जिल्ला उपाध्यक्ष भूमिनन्द अर्याल, सचिव ध्रुबबहादुर भुजेलले पार्टीको केन्द्र र जिल्लास्तरका निर्णयहरु, समाजवादी मोर्चाको गठन, पार्टी बिभाजनको औचित्य पुष्टिका आधारहरुका सम्बन्धमा धारणा राख्नु भएको थियो ।

लोकप्रिय

Related Articles