मनहरी–असोज ३ गते । पूर्व पश्चिम राजमार्गको मनहरी गाउँपालिका ८ सिमपानीमा राजमार्ग अबरुद्ध छ ।

साँझ ५ः३० बजदेखि अबरुद्ध भएको सडक अझै कायमै रहेको छ । राप्ती खोला बगरतर्फबाट पर्सा राष्ट्रिय निकुन्जको सुरक्षार्थ खटिएको नेपाली सेनाले ट्रयाक्टर लखेट्दा भाग्ने क्रममा स्थानीय नवराज पाख्रीनलाई ट्रयाक्टरले किचेपछि स्थानीयले राजमार्ग अबरुद्ध गरेका हुन् ।
जनसेवा क्रसर उद्योग पछाडिको बगर क्षेत्रबाट लखेटिएका पाख्रीनको खुट्टा ट्रयाक्टरको बीचको ठूलो टायरले किचेको बताइएको छ ।
स्थानीयबासिन्दाले नेपाली सेनाको ज्यादतिका कारण पाख्रीन गम्भीर घाइते भएको आरोप लगाएका छन् । सडकमा ट्रयाक्टर तेस्र्याएर जाम गरिएको छ ।
घटनास्थलमा प्रहरी पुगेको छ भने घाइते पाख्रीनलाई भरतपुरतर्फ उपचारार्थ पठाइएको छ।