Monday, March 17, 2025

युनिभर्सलले जनप्रतिनिधि र राजनितिकर्मीको उपस्थितिमा मनायो संविधान दिवस (फोटो फिचर)

ताजा / भरखरै प्राप्त

मनहरी–असोज ३ गते । संविधना दिवसको अवसरमा मनहरी ७ स्थित युनिभर्सल लर्निङ एकेडेमीले द्वीप प्रज्वलन गरी मनाएको छ ।

विद्यालयका शिक्षकहरुले तयार पारेको नेपालको नक्सा

८ औँ संविधान दिवसको अवसरमा एकेडेमीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिव कुमार रिजाल (काशी) को सभाध्यक्षतामा भएको कार्यक्रममा राक्सिराङ गाउँपालिकाका उपाध्यक्ष बनस्तम थिङको प्रमुखको आतिथ्यता रहेको थियो ।

सामुहिक द्वीप प्रज्वलन गर्दै कार्यक्रममा उपस्थित अतिथिहरु

कार्यक्रममा बोल्दै राक्सिराङ गाउँपालिकाका उपाध्यक्ष थिङले संविधान विरोधी तत्वहरु सक्रिय भएको बताउनुभयो । ८ वर्ष अघि नेपालको गणतान्त्रिक संविधान जारी भई कार्यान्वयनमा आएतापनि अहिले संविधान विरोधी गतिविधिरु भइरहेको बताउनुभयो ।

संविधाले दिएको दलित, जनजाती समुदायको अधिकारलाई मन नपराएको भन्दै त्यस्ता खाले गतिविधिहरुलाई निरुत्साहित गर्नुपर्ने बताउनुभयो ।

संविधान दिवसको अवसरमा शुभकामना मन्तव्य राख्नुहुदै राक्सिराङ गाउँपालिकाका उपाध्यक्ष बनस्तम थिङ

त्यस्तै नेपाली काङ्ग्रेस मनहरी गाउँ कमिटीका सभापति प्रकाश बर्तौलाले संविधान दिवस मनाउदैँ गर्दा तत्कालिन प्रधानमन्त्री शुशिल कोइराला, संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई भुल्न नहुने बताउनुभयो ।

जनताको त्याग र तपस्याको उपलब्धिकोरुपमा गणतान्त्रिक नेपालको संविधान रहेको बताउनुभयो । साथै विद्यार्थीहरुले संविधानको विषयमा जान्न अत्यन्त जरुरी रहेको बताउनुभयो ।

संविधान दिवसको अवसरमा शुभकामना मन्तव्य राख्नुहुदै नेपाली काङ्ग्रेस मनहरी कमिटीका सभापति प्रकाश बर्तौला

एकेडेमीका अध्यक्ष तथा कार्यक्रमको सभाध्यक्ष रिजालले संविधानको लागि विगतमा आफुले गरेको योगदान स्मरण गर्नुभएको थियो ।

साथै कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुलाई इङ्गित गर्नुहुँदै रिजालले संविधानको विषयमा सामाजिक विषयमा समेत पठनपाठन हुनेभएकोले विद्यार्थीहरु यस विषयमा जानकार हुनुपर्ने बताउनुभयो ।

शुभकामना मन्तव्य तथा कार्यक्रमको समापन गर्नुहुँदै युनिभर्सल लर्निङ एकेडेमीका अध्यक्ष शिव कुमार रिजाल (काशी)

कार्यक्रममा नेपाली काङ्ग्रेस मनहरी गाउँ कमिटीका सभापति प्रकाश बर्ताैला, नेकपा माओवादी केन्द्र राक्सिराङ गाउँ कमिटीका अध्यक्ष हस्त बहादुर मुक्तान, नेपाल रेडक्रस सोसाइटि उपशाखा मनहरीका निवर्तमान सभापति नुरोज पौडेल, हरियाली सामुदायिक वन उपभोक्ता समिति राक्सिराङ ३ का अध्यक्ष ज्ञानेन्द्र थोकर, सञ्चारकर्मी, अन्य संघ संस्थाका प्रतिनिधि, विद्यालयका शिक्षक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

सामुहिक तस्विर खिचाउदै सहभागिहरु

कार्यक्रम विद्यालयका निमित्त प्रिन्सिपल शुक्र बहादुर प्रजाले सञ्चालन गर्नुभएको थियो ।

लोकप्रिय

Related Articles