Monday, July 15, 2024

७ नं वडास्तरीय हाजिरीजबाफः रोटरी, युनिभर्सल र ब्रह्मकाली पहिलो, दोस्रो र तेस्रो

ताजा / भरखरै प्राप्त

मनहरी–भदौ २९ गते । मनहरी गाउँपालिका ७ नं वडा कार्यालयले ५९ औँ बाल दिवसको अबसरमा आयोजना गरेको हाजिरी जबाफ प्रतियोगितामा राष्ट्रिय रोटरी माध्यमिक विद्यालय बिजयी भएको छ ।

त्यसैगरी युनिभर्सल लर्निङ एकेडेमीले दोस्रो स्थान हासिल गरेको छ भने ब्रह्मकाली निम्न माध्यमिक विद्यालयले तेस्रो स्थान हासिल गरेको छ ।

५ वटा विद्यालय सहभागी भएकामा राष्ट्रिय माध्यमिक विद्यालय बिजौना र मेरीगोल्ड टाइनिटस इंग्लिस बोर्डिङ स्कूल सान्त्वना भएका छन् ।

वडामा रहेको ६ वटा विद्यालयमध्ये निमावि र माध्यमिक तहमा अध्ययन हुने विद्यालयलाई मात्रै प्रतियोगितामा सहभागिता गराइएको वडा सचिव श्यामहरि दाहालले बताउनुभयो ।

बिजयी भएका र सहभागी सबै विद्यार्थीहरुलाई मेडल तथा स्टेशनरीसहितका पुरस्कार व्यवस्था गरिएको वडा कार्यालयले जनाएको छ ।

वडाध्यक्ष ठाकुरराम तितुङको उपस्थितिमा कार्यक्रम भएको हो । बालबालिकालाई हाजिरी जबाफ कार्यक्रमले ज्ञानबृद्धिमा निकै सहयोग पुग्ने भएकाले आगामी दिनमा वडाको तर्फबाट बजेट बिनियोजन गरी निरन्तर हाजिरी जबाफ कार्यक्रमहरु राख्ने समेत वडाले तयारी गरेको वडासचि दाहालले बताउनुभयो ।

लोकप्रिय

Related Articles