Thursday, April 18, 2024

८ नम्बर वडा कार्यालयद्वारा एफसी सिम्पानीलाई बिस हजार बराबरको खेलकुद सामग्री वितरण

ताजा / भरखरै प्राप्त

मनहरी–भदौ २४ गते । मनहरी गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष नारायण उप्रेतीले एफसि सिम्पानीका खेलाडीहरुलाई खेलकुदा सामग्री प्रदान गर्नुभएको छ ।

आइतबार एक कार्यक्रमका विच वडा अध्यक्ष उप्रेतीले वडाको तर्फबाट खेलाडीहरुलाई खेल अभ्यास गर्नका लागि आवश्यक पर्ने खेल सामग्रीहरु प्रदान गर्नुभएको हो ।

फुटबल ५ थान, १ थान पम्प, पञ्जा, अभ्यास सामग्री लगायतको सामग्री वितरण गरिएको हो । करिव २० हजार रकम बराबरको खेल सामग्री वितरण गरिएको उहाँले बताउनुभयो ।

गाउँपालिकाबाट खेलकुद सामग्री वितरणका लागि बजेट माग गरेको र वडाले उक्त रकम बराबरको खेलकुद सामग्री वितरण गरिएको हो ।

खेलले मानिसलाई स्वतस्फुर्त बनाउने र खेल मनोरञ्जनको एक प्रभावकारी माध्यम भएकोले पनि खेल क्षेत्रलाई विकसित गर्दै लैजानुपर्ने उहाँले बताउनुभयो ।

खेलले शारीरिक स्फुर्ति मात्र कायम गर्ने मात्र नभई अन्तराष्ट्रिय चिनारी समेत दिने भएकोले युवाहरुलाई खेलकुद क्षेत्रमा आकर्षित गर्नुपर्ने उहाँले बताउनुभयो ।

साथै उहाँले अन्य क्षेत्रलाई जस्तै खेलकुद क्षेत्रमा पनि प्रत्येक वर्ष बजेट विनियोजन गरि खेल संरक्षण र खेलप्रेमी युवालाई अघि बढाउदै लैजाने बताउनुभयो ।

लोकप्रिय

Related Articles