Thursday, May 30, 2024

मनहरी ५ मा योजना सञ्चालनका लागि गठित समितिलाई अभिमुखिकरण

ताजा / भरखरै प्राप्त

मनहरी–भदौ २४ गते । मनहरी गाउँपालिका वडा नम्बर ५ ले वडा भित्र योजना तर्जुमा तथा कार्यान्वयनका लागि गठित उपभोक्ता समितिलाई एक दिने अभिुमुखिकरण कार्यक्रम गरिएको छ ।

आर्थिक वर्ष २०८०/८१ मा कार्यान्वयन हुने योजना सञ्चालनका लागि गठित योजना समितिका पदाधिकारीहरुको लागि उक्त कार्यक्रमको आयोजना गरिएको उक्त वडाका वडा अध्यक्ष दिपेन्द्र अधिकारीले बताउनुभयो ।

वडा अध्यक्ष दिपेन्द्र अधिकारीको सभाध्यक्षतामा भएको कार्यक्रममा योजना शाखाका प्रमुख राजेन्द्र चौलागाई, कार्यकारी प्रमुख मोहन कुमार श्रेष्ठ, लेखा शाखाका प्रमुख राजेन्द्र भटराई र प्राविधिक टुकुराज चौधरीले अभिमुखिकरण गराउनुभएको थियो ।

उक्त वडामा १७ वटा योजना समिति निर्माण भएकोमा उक्त योजनाका पदाधिकारीहरु अध्यक्ष, कोषध्यक्ष र सचिवलाई अभिुमुखिकरण गरिएको हो ।

तालिममा योजना कसरी सञ्चालन गर्ने विषयमा शाखागत प्रमुखहरुबाट अभिमुखीकरण गरिएको थियो । साथै कार्यकारी प्रमुख मोहन कुमार श्रेष्ठले समग्र योजनाको विषयमा सहजीकरण गर्नुभएको थियो ।

लोकप्रिय

Related Articles