मनहरी–भदौ २३ गते । उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समिति र महिला उद्यमीको संयुक्त आयोजनामा शनिबार तिज विशेष कार्यक्रम गरिएको छ ।
संस्थाको १४ औँ स्थापना दिवसको अवसर पारेर महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा शुभकामना आदान प्रदान तथा दरखाने कार्यक्रम गरिएको हो ।
कार्यक्रममा पूर्व महिला उद्यमी सभापतिहरुलाई सम्मान समेत गरिएको थियो । उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समितिका सभापति गणेशमान मानन्धरको सभाध्यक्षतामा भएको कार्यक्रममा मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीको प्रमखु आतिथ्यता रहेको थियो ।
त्यस्तै कार्यक्रममा शुभकामना मन्तव्य राख्नुहुनै प्रमुख अतिथि रञ्जन कालाखेतीले महिलाहरुले ब्रत बसेर आफ्नो श्रीमानको दिर्घायुको कामना गर्दै आफ्नो परम्परा धान्दै आएको प्रति महिला दिदीबहिनीहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो । साथै यस्ता खाले कार्यक्रमले समग्र महिला दिदी बहिनिहरु विच भाइचार कायम हुने बताउनुभयो ।
त्यस्तै विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष रेखा पुलामी, मकवानपुर उद्योग बाणिज्यसंघको अध्यक्ष कृष्ण कुमार गुप्ता, वडा अध्यक्ष ठाकुरराम तितुङ लगायतकाले पनि मन्तव्य राख्नु भएको थियो ।
त्यस्तै उद्योग बाणिज्यसंघ पश्चिम क्षेत्र समिति मनहरीका महिला सभापति रेनु पुडासैनीले स्वागत मन्तव्य राख्नुभएको थियो ।
त्यस्तै कार्यक्रममा मनहरी गाउँपालिकाका उपाध्यक्ष सीता पुलामी मगर, उद्योग बाणिज्य संघ मकवानपुरका अध्यक्ष कृष्ण कुमार गुप्ता (अग्रवाल), ७ नम्बर वडा अध्यक्ष ठाकुरराम तितुङ, इलाका प्रहरी कार्यालय मनहरीका महिला निरिक्षक उर्मिला राना मगर, उद्योग बाणिज्य संघ मकवानपुरका महिला सभापति अंकिता सुमार्गी, मकवानपुर उद्योग बाणिज्य संघ मकवानपुरका पूर्व महिला सभापति निलम बैद्य, निलम पाण्डे, साना किसान सहकारी संस्था मनहरी ८ का अध्यक्ष बिमला कार्की, दिव्यज्योती महिला सहकारीका अध्यक्ष सुजिता कार्की, बंगलामुखी सहकारीका अध्यक्ष कमला मैनाली लगायतकाको आतिथ्यता रहेको थियो भने मनहरीका महिला उद्यमीहरुको सहभागित रहेको थियो ।
कार्यक्रम मनकामना मन्दिरको सभाहलमा भएको हो ।कार्यक्रममा युनिभर्सल लर्निङ एकेडेमीको कक्षा १० अध्ययनरत छात्रा दिपिका चौधरीले नृत्य प्रस्तुत गरेकी थिइन् ।

