Wednesday, May 22, 2024

बाल दिवसमा विद्यालय स्तरीय हाजिरीजबाफ प्रतियोगिता हुने

ताजा / भरखरै प्राप्त

मनहरी–भदौ १२ गते । मनहरी गाउँपालिकामा रहेका माध्यमिक र निम्न माध्यमिक तहका विद्यार्थीहरुबीच हाजिरी जबाफ प्रतियोगिता आयोजना हुने भएको छ ।

बाल दिवसको अबसर पारेर मनहरी गाउँपालिकाको बाल अधिकार समितिले प्रतियोगिता आयोजना गर्न लागेको हो । भदौ २९ गते प्रतियोगिता हुनेछ ।

मंगलबार आयोजना भएको समितिको बैठकमा हरेक वडाभित्र रहेका विद्यालयहरुबीच प्रतिस्पर्धा गरी वडाबाट छानिएको ९ वटा टिमबीच प्रतिस्पर्धा गराइने गरी कार्यक्रम आयोजना गर्न लागिएको बाल अधिकार समितिकी अध्यक्ष एबम् मनहरी गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगरले जानकारी दिनुभयो ।

बैठकले बालबालिकाका अन्य सबालहरुका सम्बन्धमा समेत समिक्षा गरेको छ । बैठकमा प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठ, सामाजिक विकास शाखा प्रमुख ज्ञानेन्द्र ढकाल, सिविन बाल हेल्पलाइनका संयोजक झविन्द्र ज्ञवाली, शान्ति फाउण्डेसनकी देवकी ढुंगाना लगायतको सहभागिता रहेको थियो ।

लोकप्रिय

Related Articles