मनहरी–भदौ ११ गते । मनहरीका युवा व्यवसायी बिदुर रिजालले मनहरी गाउँपालिका वडा नं ६ लोथरमा सुविधा सम्पन्न पेट्रोल पम्प स्थापना गर्नु भएको छ ।
सञ्जय फिलिङ्ग स्टेशन नाम दिइएको आधुनिक सुविधा सम्पन्न पेट्रोल पम्पको मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले एक समारोहका बीच उदघाटन गर्नु भएको छ ।
स्टेसनका सञ्चालक विदुर रिजालले दिनु भएको जानकारी अनुसार नेपाल आयल निगमको आधिकारिक बिक्रेताको रुपमा रहेको सञ्जय फिलिङ्ग स्टेशन नमूना पेट्रोल पम्प हो ।
जसको क्षमता १ लाख ९ हजार लिटर डिजेल र १६ हजार लिटर पेट्रोल रहेको छ ।
पेट्रोल पम्पसँगै रेस्टुरेन्ट, क्वीक सप तथा पर्याप्त पार्किङको व्यवस्था समेत गरिएको छ । कूल ७ करोड रुपियाँ लगानी गरी स्थापना भएको पेट्रोल पम्पमा १० जना कामदारले रोजगारी पाएका छन् ।
पेट्रोल पम्प पूर्ण रुपमा सरसफाइयुक्त र सुरक्षित छ । आयल निगमको पछिल्लो मापदण्डलाई अनुसरण गरी आकर्षक भौतिक संरचना निर्माण गरिएको सञ्चालक रिजालले बताउनुभयो ।