Sunday, February 9, 2025

८ नं वडाध्यक्ष उप्रेती अस्वस्थ

ताजा / भरखरै प्राप्त

मनहरी–१० भदौ । मनहरी गाउँपालिका वडा नं ८ का वडाध्यक्ष नारायण उप्रेती अस्वस्थ हुनु भएको छ ।

पिसावमा देखिएको संक्रमणका कारण उच्च ज्वरो आएर अस्वस्थ भएपछि उहाँलाई दुई दिनदेखि चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा भर्ना गरी उपचार गरिएको छ ।

उपचारपछि ज्वरो नियन्त्रणमा आएको र पहिलाको भन्दा निकै सुधार भएको वडाध्यक्ष उप्रेतीले बताउनुभयो ।

सुकुम्बासी र अब्यवस्थित बसोबासीहरुको जग्गा नापीका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल भेट्न काठमाडौँ जाने क्रममा नै उहाँ अस्वस्थ हुनुहुन्थ्यो ।

लोकप्रिय

Related Articles