Wednesday, May 22, 2024

आजदेखि मनहरीमा नयाँ इन्स्पेक्टर

ताजा / भरखरै प्राप्त

मनहरी–भदौ ६ गते । इलाका प्रहरी कार्यालय मनहरी प्रमुखको जिम्मेवारी बुधवारदेखि दिपक थापाले सम्हाल्नु भएको छ ।

झण्डै १३ महिनादेखि नेतृत्व सम्हालिरहनु भएका प्रहरी निरीक्षक (इन्स्पेसक्टर) कृष्णराज ढकालको सरुवा भएपछि उहाँको ठाउँमा थापा आइपुग्नु भएको हो ।

गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखरामा कार्यरत थापा बुधवार दिउँसो इलाका प्रहरी कार्यालय मनहरी आइपुग्नु भएको हो ।

१३ महिने लामो कार्यकालबाट बिदा हुँदै प्रहरी निरीक्षक कृष्णराज ढकालले मनहरीबाट लागूऔषध नियन्त्रण ब्यूरो फैसला कार्यान्वयन शाखा कोटेश्वरमा जिम्मेवारी सम्हाल्नु हुनेछ ।

१३ महिने कार्यकालको स्मरण गर्दै प्रहरी निरक्षक ढकालले मनहरीको बसाई अत्यन्तै सौहाद्र्ध र निर्विवादित बनेको प्रतिक्रिया दिनुभयो ।

‘अपवादबाहेक सबै राजनीतक पार्टी, जनप्रतिनिधि, पत्रकार, नागरिक समाज सबैको सहयोगमा मैले कार्य सम्पादन गर्न सकेँ’, ढकालले भन्नुभयो–‘इलाका प्रहरी कार्यालय मनहरीको बसाई स्मरणीय रह्यो ।’

लोकप्रिय

Related Articles