मनहरी–असार १५ गते । २० औँ राष्ट्रिय धान दिवसमा राक्सिराङ गाउँपालिकामा धुमधामका साथ मनाइएको छ ।
गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत तथा वडाध्यक्षहरुसहित सरोकारवालासँगको संलग्नतामा धान दिवस मनाइएको छ ।
राक्सिराङ गाउँपालिका वडा नं ३ पिप्लेमा धान रोपेर धान दिवस मनाइएको हो ।
धान दिवसका अबसरमा राक्सिराङ गाउँपालिका, भ¥याङकालिका साना किसान कृषि सहकारी संस्था र फियान नेपालले संयुक्त रुपमा रोपाइँ उत्सवको आयोजना गरेको हो ।
रोपाई उत्सवमा गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, उपाध्यक्ष बनस्तम थिङ, प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्ताैला, ३ नं वडाध्यक्ष उत्तम वाइबा, ७ नं वडाध्यक्ष रामबहादुर प्रजा, ८ नं वडाध्यक्ष हाविल प्रजा (युसाई) ९ नं वडाध्यक्ष रामकुमार बाल्पा थिङसहितका जनप्रतिनिधिहरु सहभागी हुनुहुन्थ्यो ।
उहाँहरुसहित सहकारीका सदस्यहरु, स्थानीयबासिन्दा, गाउँपालिकाका कर्मचारी, सञ्चारकर्मीहरु समेत रोपाई उत्सवमा सहभागी भई मौलिक झ्याउरे गीत, नृत्य तथा हिलो छ्यापाछयापसहितको रोपाई सम्पन्न गरिएको थियो ।
पालिकाले आफ्नै अगुवाईमा हरेक बर्ष रोपाई उत्सव गर्दै आइरहेको छ । साबिक सरिखेत, खैराङ, राक्सिराङ र काँकडा गाविस मिलेर बनेको राक्सिराङमा धान उत्पादनका दृष्टिले साविक सरिखेत (हालको १, २ र ३ नं वडा) उपयुक्त क्षेत्र हो ।