Saturday, September 14, 2024

आज दही चिउरा खाने दिन, मनहरीमा दुइ हजार लिटर दही खपत हुने

ताजा / भरखरै प्राप्त

मनहरी–असार १५ गते । हरेक वर्ष असार १५ मा राष्ट्रिय धान दिवस मनाउने गरिन्छ । यस दिनलाई दही चिउरा खाने दिनकोरुपमा समेत लिने गरिन्छ ।

नेपालमा धान दिवस मनाउन थालेको २० वर्ष हुँदैछ । यो वर्षको २० औँ राष्ट्रिय धान दिवस हो । धान दिवस भन्दा पनि बढि दही चिउरा खाने दिनको रुपमा अझ बढ प्रचलित छ ।

असार १५ मा अन्य दिनको तुलनामा दहीको बढि खपत हुने गर्दछ । यस वर्षको असार १५ मा मनहरी गाउँपालिकामा करिब दुई हजार लिटर दही खपत हुने भएको छ ।

यो खपत दर डेरीबाट उत्पादन हुने दही मात्रै हो । किसान आँफैले उत्पादन गरेर गरेको प्रयोग फरक हो । यस वर्ष मनहरी गाउँपालिका वडा नम्बर ७ स्थित प्रारुप डेरीले एक हजार लिटर दही माग भएको जनाएको छ ।

उक्त उद्योगबाट दैनिक एक सय देखि १५० लिटरसम्म दही खपत हुँदै आएकोमा विभिन्न विद्यालय, संघ–संस्था र व्यक्तिमार्फत एक हजार लिटर दही माग भएको जनाएको हो ।

त्यस्तै मनहरीका लागि नै हेटौडा डेरी उद्योगबाट ६ सय लिटर दही माग भएको उद्योगले जनाएको छ । उक्त उद्योगबाट मनहरीमा दैनिक १ सय लिटर दही खपत हुँदै आएको थियो ।

त्यस्तै राप्ति डेरीमा तीन सय लिटर दही माग भएको उद्योगले जनाएको छ । उक्त उद्योगले मनहरीमा दैनिक ५० देखी एक सय लिटर दही विक्रि गर्दै आएको थियो ।

लोकप्रिय

Related Articles