Sunday, October 13, 2024

मनहरीलाई भ्रष्टाचार रहित पालिका बनाउन चाहन्छुः अध्यक्ष कालाखेती

ताजा / भरखरै प्राप्त

मनहरी–असार १४ गते । मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले मनहरी गाउँपालिकालाई भ्रस्टाचाररहित गाउँपालिका बनाउन चाहेको बताउनुभएको छ ।

बिहीबार नेपाल पत्रकार महासंघ मकवानपुरको आयोजना तथा गाउँपालिकाको सहकार्यमा भएको जनप्रतिनिधि र सञ्चारकर्मी विच अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

पहिले यस पलिकामा धेरै बेरुजु रहेकोमा हाल यसलाई शून्यमा झार्न खोजेको उहाँले बताउनुभयो । अध्यक्ष कालाखेतीले आफू पालिकाको अध्यक्ष भइसकेपछि सबैको साझा भएको बताउँदै कुनै दल विशेषलाई मात्र काखी च्याप्ने काम आफूबाट नहुने बताउनुभयो ।

काँग्रेसबाट निर्वाचित जनप्रतिनिधि भए पनि विकास निर्माणको कार्य अर्थात गाउँपालिकाको कामकार्वाहीमा कुनै पार्टी नहेर्ने बताउनुभयउो ।

कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पत्रकारहरु पनि कुनै दलमा आवद्ध हुनु स्वभाविक भएको भन्दै आ–आफ्नो कर्म गर्दा निष्पक्ष र स्वतन्त्र बनेर काम गर्नुपर्ने बताउनुभयो ।

कामको शिलशिलामा अन्जानमा कहीँ कतैबाट भ्रस्टाचार अनियमितता भयो कि भनेर झस्कने गरेको बताउँदै उहाँले यसमा पत्रकारले पूर्वाग्रहरहित भएर खबरदारी गरिदिन आग्रह गर्नुभयो ।

कतिपय स्थानमा जनप्रतिनिधहरु पत्रकार देख्ने बित्तिक्कै डराउने गरेको र सेटिङ मिलाउने गरेको भन्दै उहाँले कुनै पनि समयमा भ्रष्टाचार नगरेको बताउदैँ आफूलाई यस्ता कुरामा अलिकति पनि डर नभएको बताउनुभयो ।

पत्रकारले आफ्नो चाकरी चाप्लुसी हैन देखेको कुरा लेखिदिए हुन्थ्यो भन्ने उहाँको चाहना भएको बताउनुभयो । बिहीबार पालिकामा भएको अनतरक्रिया कार्यक्रममा उहाँले आफ्नो र मनहरी गाउँपालिकाका बारेमा देखेका सबै कुरा लेखिदिन पत्रकारहरुलाई आग्रह गर्नुभयो ।

त्यस्तै, कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन कुमार श्रेष्ठले  चालु आवमा असार १० गते सम्म गाउँपालिकाबाट सम्पादन भएका विषयगत शाखाहरुको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । 

त्यस्तै कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका उपाध्यक्ष रुपेश दुलाल, जिल्ला उपाध्यक्ष ध्रुव अधिकारीले आफ्नो भनाई राख्नुभएको थियो ।

पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमको सभाध्यक्षता, गाउँपालिका अध्यक्ष कालाखेतीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मोहन काुमार श्रेष्ठ, वडा अध्यक्षहरुको सहभागीता रहको थियो ।

लोकप्रिय

Related Articles